FLASH NEWS
  • Loading...

गण्डकी प्रदेश स्तरिय महिला भलिबलमा म्याग्दी प्रथम

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४६० पटक पढिएको
गण्डकी प्रदेश स्तरिय महिला भलिबलमा म्याग्दी प्रथम

प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न भलिबलमा महिलातर्फ म्याग्दी टिम च्याम्पियन भएका छ । पुरूष तर्फ भने नवलपुर पहिलाे भएकाे छ ।

फाइनलमा नेपाली राष्ट्रिय टोलीकी टिम कप्तान अरुणा शाही सम्मिलित टिम म्याग्दीले पर्वतलाई २५–१८, १३–२५ र २५–१८ ले जित्दै स्वर्ण पदक हात पार्न सफल भएको हाे ।

यस अघि भएको सेमीफाइनलमा म्याग्दीले तनहुँलाई सोझो सेटमा २५–११ र २५–१४ ले पराजित गर्दै पर्वतसंग भेट पक्का गरेको थियो । रजत पदक विजेता पर्वतले कास्कीलाई २५–२३ र २५–२१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

कास्कीले तनहुँलाई सोझो सेट २५–१२ र २५–१० ले पराजित गर्दै कास्य पदक हात पार्न सफल भएको हो ।

त्यस्तै पुरुषतर्फको फाइनल खेलमा नवलपुरले बलियो मानिएको स्याङजालाई २–१ सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । लिग खेलमा तनहुँसंग पराजय भोगेको नवलपुरले सेमीफाइनलमा कास्कीलाई २५–१७, ३१–२९ र २५–१७ ले पराजित गर्दै फाइनलमा स्याङजासंग भिडन्त गरेको थियो ।

फाइनलमा नवलपुरले पहिलो सेट ३०–२८ ले स्याङजालाई सुम्पिए पनि पछिल्ला २ सेटमा लगातार स्याङजालाई २५–२३ र तेश्रो सेट ३०–२८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जित्न सफल भएको थियो भने उपविजेता बनेको स्याङजाले रजत पदक प्राप्त गरेको छ । पुरुषतर्फ कास्कीले कास्य पदक जितेको छ । शनिबार सम्पन्न खेलमा कास्कीले पर्वतलाई २५–१७, २९–२७ र २५–२३ ले पराजित गर्दै कास्य पदक जितेको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र