- Loading...
कोरला भन्सारबाट पहिलो लटमा ६७ चिनियाँ कन्टेनर अायात, नेपालबाट भने २ ट्रक मात्र निर्यात

- घनश्याम खड्का
- ६ महिना अघि
- ४१० पटक पढिएको
लोमन्थाङ गाउँपालिका, १ नेचुङमा पर्ने नेपाल–चीन विचको २४ नम्बरको सीमास्तम्भ रहेको फराकिलो पठार कोरला नाकाबाट औपचारिक रुपमा भन्सार संञ्चालनमा आएको छ ।
लोमन्थाङ गाउँपालिका, २ छोसेर स्थित नेचुङ भन्सार कार्यालयमा अटोमेटिक सिस्टम अफ कस्टम डाटा (आयुडा) प्रणाली जडान भएसँगै १ सय ५१ वटा चिनियाँ विधुतिय (ईभी) गाडीहरु समेत विभिन्न तयारी पोसाक, इलेक्ट्र्रोनिक तथा कस्मेटिक सामान बोकेका ६७ वटा चिनियाँ कन्टेनरहरु आइपुगेको कोरला भन्सार कार्यालयले जनाएको छ ।
पहिलो लट मंगलवारसम्म २१ कन्टेनरले भन्सार जाँचपासगरी कोरलाबाट तल झरेका छन । सोही समयमा नेपालबाट भने २ ट्र्रक नेपाली हस्तकला र पुजा सामाग्रीहरु चीन तर्फ निर्यात भएका छन । नेपालबाट चीन तर्फ गएका सामाग्रीहरु सवै शुन्य भन्सार (कर मुक्त) सामाग्री हुन । चीनबाट अत्याधुनिक स्क्यानर प्रविधीबाट परिक्षण भै सामान जाँचपास हुने गरेपनि यता भने उताको विलको आधारमा कम्प्प्युटर विलिङ गर्न थालिएको हो ।
‘कोरला भन्सार कार्यालयमा पनि कागजमा वील काट्ने एनालग सिस्टम विस्थापित गरी अर्न्तराष्ट्र्रीय भन्सार प्रणाली सेटअप गरी चीनियाँ सामानहरु आयात थालेका छौं’ कोरला भन्सार कार्यालयका प्रमुख रमेश खड्काले भने, ‘२ दिन भयो उता (चीन)बाट गाडी छोडेको छैन, भोलीदेखी थप सामान आउँछ होला ।’
कोरला नाका तिब्बतको ढोङ्वासेनहुँदै सिगात्सेवाट आएको ‘चाईना नेसनल हाईवे २१९’ सँग जोडिएको छ । रसुवागढी स्थित तातोपानी नाकामा केही समय अघि आएको बाढीपहिरोले भन्सार कार्यालयसमेत पूर्वाधारहरुमा क्षति पुर्याएपछि बैकल्पिक बाटोको रुपमा कोरला नाका प्रयोगमा ल्याइएको हो ।
चीनबाट आएका ईभी गाडीहरु कोरला स्थति सुख्खा र खुल्ला बन्दरगाहमा राखिएका छन । नेपाल–चीन विच ०७५ सालमा हस्ताक्षर भएको पारवहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार कोरला नाका सुख्खा बन्दरगाह संञ्चालनमा आएको हो ।
चिनियाँ अध्यागमन कार्यालयको आमने–सामने निर्मित प्रिफ्याव प्रविधीको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना गरी अटोमेटिक सिस्टम अफ कस्टम डाटा (आयुडा) प्रणाली जडानगरी कोरला नाकाबाट ब्यवसायीक कारोवार सुरु भएको हो । सीमापार चीनले भने सूचानाप्रविधी जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, आवस, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा पूर्वाधार खडा गरि सकेको छ ।
‘कोरला भन्सारबाट छुटेका पहिलो लटका २१ वटा कन्टेनेरहरु मुस्ताङबाट तल झरेका छन । थप आज भन्सार जाँचपासक्रममा छन । अव कालीगण्डकी करिडोर अर्न्तगतको पोखरा–बेनी–जोमसोम–कोरला सडकमा ब्यवसायीक रौनक थपिने छ’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले भने, ‘मनसुन सिजनमा म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्रमा पहिरोले ढुवानीमा केही असहज भएपनि पुरै अवरुद्ध भने भएको छैन । कोरलामा चिसो बढेकोले गाडी स्टार्टमा पनि केही समस्या देखिएको छ ।’

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य



























