- Loading...
बेनीका नेवार समुदायले देखाए राेपाइ नाच

- पुनहिल डट कम
- ७ महिना अघि
- ४४७ पटक पढिएको
बेनीमा बसाेवास गर्ने नेवारी समुदायले दुइ सय ५० बर्षदेखी देखाउँदै अएकाे बर्खेनाच अन्तगत शुक्रबार बेनीमा ‘रोपाइँ नाच’ देखाइएको छ ।
नेपाल भाषा मंका : खल : को मूल आयोजनामा निकालिएको उक्त नाचमा जिल्लास्थित विभिन्न भेषभूषामा सजिएका कलाकारले नृत्य देखाएका थिए । नेवार समुदायको सांस्कृतिक पहिचानका रुपमा रहेको बर्खेनाच मध्य रोपाइँ नाच एउटा हाे ।
परम्परागत समाजमा मुखियाको घरमा खेत रोपाइँ गर्न जाँदा रोपारले धान रोपेको र बाउसेले कोदालो खन्दै गरेको दृष्यलाई यस नाचमा देखाउने गरिन्छ । असारे गीत गाउँदै बजारमा धान रोपाइँको झल्को दिने गरी नाच प्रदर्शन गर्दा बजारवासी र सर्वसाधारणले मनोरञ्जन लिएका थिए । नाचमा कलाकार धेरै लाग्ने र व्यवस्थापन र खर्च जुटाउन कठीन हुने भएकाले यस्ता नाचलाई हरेक वर्ष विराएर अालाेपालाे देखाउने गरिएकाे छ ।
घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजका दिनसम्म विभिन्न नाच देखाएर मनाइने बर्खे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । खासगरी लाखे नाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ ।
बेनीमा बसोबास भएदेखि नै बर्खेनाच देखाउने चलन रहेको पाइन्छ । बर्खेनाचअन्तर्गत तीजका दिन दानवीयस्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य





























