FLASH NEWS
  • Loading...

९ वर्षे वालकले कुशको मुर्तिलाई बाबा सम्झदै गरे दाहसंस्कार

९ वर्षे वालकले कुशको मुर्तिलाई बाबा सम्झदै गरे दाहसंस्कार

कालीगण्डकी नदी किनाराको एउटा छेउमा गाईको गोवरले लिपेको ठाउँमा राखिएको काँधीकाठे घार (शव बोक्न हरियो बाँसले बनाईएको घारो) माथी कात्रो विच्छाई कुशको मर्ति (पुत्ला) सुताइएको छ । छोराको पुत्लाको शव छेउमा टुक्रुक्क बसेर सुक्क सुक्क गर्दैछन, कृष्ण रिजाल ।

केही वेर अघिसम्म छेउमा खेलिरहेका वालकलाई फकाई फुल्याइगरी कपाल मुण्डन गरियो । सेतो कोरा च्यातेर बनाएको बस्त्र पहिराइयो । बाबाको पुत्ला गर्दै टोलाई रहेका छन, ९ बर्षे एलिश ।
बाबा मोटरसाईकल दुर्घटनामा परि वेपत्ता भएपछि हिन्दु संस्कार अनुसार ९ बर्षे बालकले पत्तो नपाई ब्रतबन्ध गराइयो । कुशको पुत्ला बनाई हिंडाउँदासम्म के भैरहेछ मेसो नपाएका वालकले घाटमा पुगेर कपालमुण्डनगरी पीण्ड कर्म थालेपछि भने आवाज निक्लेको छैन तर मौन झोक्राइ रहेका उनको आखाबाट बरबरी आँशु बगीरहेको छ ।
उता घरको आगनभरी गाउँलेहरु जम्मा भएका छन । कुसको पुत्ला छातीमाथी राखेर चुरा फुटाउँदा र सिन्दुर पोते चढाउँदै श्रमति विष्णुले भक्कानो छोडिन, आमा र १३ बर्षिया छोरीसमेत चेलीबेटीले कोकोहोलो गर्दा उपस्थित दाजुभाई समेत सवै मलामीले आँखामा आँशुलाई रोक्न सकेनन् ।
‘भगवानले पनि साहृै कठोर सँजाय दिए । डाँडामाथी पुगेको आफैले पीण्ड खाने वेलामा अवोध नाती छेउमा राखेर छोराको दाहसंस्कार गर्नु पर्‍यो त्यो पनि कुसको पुत्लाको’ भक्कानिएका ७० बर्षिय कृष्ण रिजालले भने, ‘अव नातिनातिनालाई कसरी हुर्काउने बुढेसकालमा चिन्ता थपेको छ ।’
पण्डितले इसारा गरेपछि हिन्दु धार्मिक कर्म अनुसार मृतकको प्रेतात्म तार्न शव (पुत्ला) निकाल्नु पूर्व फुल, अछेता, जल सहित ध्यू र चामलको पीण्ड चढाएफछि छोराहरुले कुशको मुर्ति राखेको काँधीकाठ उठाएर घाट तर्फ लागे । अघिअघि थियो, सेतो बाटो भने पछाडी मलामीको लर्को । मृतकले लगाएका र प्रयोग गरेका लत्ताकपडा लगाएतका सामाग्री (कुशेत्रो) पोलेपछि पुत्लालाई गलेश्वर मन्दीरको पारीपट्टि गायत्री मन्दीर छेउको कालीगण्डकी तिरमा पुर्‍याई हिन्दुबैदिक विधी अनुसार दाहसंस्कार गरे ।
गत शनिवार (भदौ १४ गते) ग ०२–००१ प – ०३–०५ नम्बर प्लेटको पल्सर मोटरसाईकलसहित रघुगंगा गाउँपालिका, २ भगवती घर भै शिक्षा विकास तथा समन्वय इकाइका कार्यालय सहयोगी एककुमार रिजाल र बेनी नगरपालिका, ६ अथुङ्गेका हरि रिजाल कालीगण्डकी नदीमा खस्दा वेपत्ता थिए ।
मोटरसाईकल दुर्घटनामापरी वेपत्ता कुमारको भने शव फेला नपरेपछि शुक्रवार गलेश्वरमा हिन्दुशास्त्र अनुसार पुत्ला बनाई दाहसंस्कार गरिएको हो । वेपक्तामध्य हरीको शव शुत्रवार बाग्लुङको मालढुङ्गामा नदी किनारामा फेला परेको थियो । हरीको भने बाग्लुङ अस्पतालमा पोष्टमार्टम पछि बेनीघाटमा दाह संस्कार गरिएको छ ।
‘खोलाले बगायो, आगोले जल्यो, बाघले खायो वा अन्य कारणले मृतकको शव फेला नपर्ने निश्चित भएको खण्डमा कुशको पुत्ला बनाई दाहसंस्कार गर्ने हिन्दु बैदिक चलन छ’ पण्डित जोतिष एवं पण्डित रामु रिजालले सुनाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%६%
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र