- Loading...
ओलीको कारबाही रोक्न माधव नेपाल सर्वोच्च अदालतमा
- पुनहिल डट कम
- ४ साल अघि
- १६५ पटक पढिएको

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले अदालतलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कारवाही गर्नसक्ने भएकाले रोक्न भन्दै अदालत पुगेका छन्। अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधानविपरीत एकलौटी निर्णय गरेर आफू पक्षका सांसदलाई कारबाही गर्न खोजेको आरोप लगाएका छन्।
नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली, महासचिव ईश्वर पोखरेललाई विपक्षी बनाएर रिट दायर गरेका छन्। नेपाल समूहले अदालतमा पेश गरेको रिटमा भनिएको छ, ‘उल्लेखित अनाधिकृत निर्णयका आधारमा गरिएको कारबाहीलाई आधार मानि निवेदकहरूलाई पार्टी अध्यक्षले कुनै पनि बखत राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेको भनी कारबाही गर्नसक्ने पूर्ण आशंका भएकोले त्यस्तो कार्य प्रतिषेधको आदेशद्वारा तत्काल रोक्नु भन्ने आदेशसमेत जारी गरिपाऊँ।’
ओलीले माधव नेपालसहित २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधी कडा कारबाहीको प्रक्रिया सुरु गरेका छन् । कानून व्यवसायीहरूसँगको छलफलपछि कारवाही प्रक्रिया रोकी पाउँ भन्दै माधव नेपाल पक्ष सर्वोच्च अदालत जान लागेको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
