- Loading...
ओली-दाहालबीचको टुट्यो संवादहिनता, टुंगिएनन् विवादका विषय
- पुनहिल डट कम
- ४ साल अघि
- ३८४ पटक पढिएको

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच संवादहिनता तोडिएको छ । ओलीका दूतहरुको सक्रियतापछि १२ औं दिनमा दुवै नेताबीच भेटवार्ता भएको हो । तर वार्ता विना निष्कर्ष सकिएको छ ।
दाहाल ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । दुई अध्यक्षबीच करिब एक घण्टा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको र सचिवालय बैठक बोलाएर पछिल्लो समय देखिएका विवादको समाधान खोज्ने भन्दै बैठक टुंगिएको दाहाल निकट स्रोतले बतायो ।
स्रोतका अनुसार नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएपछि सचिवालय बैठक बोलाएर छलफल गर्ने प्रस्ताव दाहालले गरेका थिए । तर, सचिवालय बैठक कहिले बस्ने भन्ने मिति तय भएको छैन । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा पछिल्लो पटक देखिएका विवाद समाधानका लागि बैठक बोलाउनु पर्ने माग गर्दै आएका छन् । अध्यक्ष दाहालले भेटमा प्रवक्ताको माग बमोजिम बैठक बोलाउनु पर्ने धारणा राखेका थिए ।
कात्तिक ३ गतेदेखि संवादहीनतामा रहेका प्रधानमन्त्री ओली र दाहालबीच लामो कसरतपछि भेट भएको हो । कर्णालीमा आफ्नै पार्टीका मुख्यमन्त्रीलाई सत्तारुढ दलकै सांसदहरूद्वारा अविश्वासको प्रस्ताव, केन्द्रमा एकलौटी मन्त्रिपरिषद्लाई पूर्णता र केही मन्त्रीको मन्त्रालय परिवर्तन, रअ प्रमुखसँगको भेटघाट र पर्सा घटनापछि अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीसँग असन्तुष्ट थिए ।
ओलीले पार्टीभित्र देखिएको विवाद मिलाउन अर्का अध्यक्षसँगको संवादहिनता तोड्न आफ्नो दूतका रुपमा निकट नेताहरुलाई दाहाल निवास खुमलटारमा दैनिकजसो पठाएका थिए । बुधबार अर्थमन्त्री एवम् पार्टी महासचिव विष्णु पौडैल र संसदीय दलका उपनेता तथा स्थायी समिति सदस्य सुवास नेम्वाङ छुट्टाछुट्टै समयमा दाहाल निवास खुमलटार पुगेका थिए ।
बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल र शुक्रबार परराष्ट्रमन्त्री तथा स्थायी समिति सदस्य प्रदीप ज्ञवाली खुमलटार दाहाललाई फकाउन ओलीको दूतका रुपमा खुमलटार पुगे । ओलीले मंगलबार नै दाहाललाई छलफलका लागि बालुवाटार बोलाएको भएपनि नआएपछि वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर छलफल गरेका थिए ।
नेपालसँग पनि कुरा नमिलेपछि ओलीले दाहाललाई नै भेट्न निरन्तर प्रयास गरेका थिए । यता दाहालले आफू १२ दिनमा ओलीसँग भेट्न जानु अगाडी वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए । copy-ekagaj.com

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
