- Loading...
कोभिड– १९ प्रभाव महिन्द्र मल्लको मृत्युपछि बन्द नभएको तलेजु भवानी यो दसैंमा बन्द !
- पुनहिल डट कम
- ४ साल अघि
- ३५५ पटक पढिएको

हनुमानढोका दरबारस्थित तलेजु भवानीको मन्दिर यो दसैंमा सर्वसाधारणका लागि बन्द गरिएको छ । कोभिड-१९ संक्रमण जोखिमका कारण तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला नगरिएको हो ।
तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष अश्विन शुक्ल अर्थात महानवमीका दिन मात्र खोलिने गरिएको थियो । बडादसैंको नवमीको दिन मात्रै खोलिने भएकाले नवमीको दिन दर्शनार्थीहरुको भीड लाग्ने गर्दथ्यो ।
यसअघिका वर्षहरुमा नवमीका दिन दर्शनार्थीहरुले रातिदेखि नै लाइन बसी दर्शन गर्दै आएका थिए । तर, यस वर्ष कोभिड जोखिमका कारण भवानीको नित्य पूजा भए पनि सर्वसाधारणका लागि खुला नगरिएको तलेजू भवानी मन्दिरका मुल पूजारी उद्वमान कर्माचायले जानकारी दिए ।
सर्वसाधारणले वर्षमा एक पटक मात्र दर्शन गर्न पाउने तलेजु मन्दिरमा संक्रमणको जोखिम कम भएपछि एउटा शनिबार पारेर भक्तजनहरुलाई दर्शनका लागि खुला गर्ने योजना रहेको उनले बताए । त्यस्तै नेपाल संवत् ६९५ मा दसैंको दिनमा महिन्द्र मल्लको मृत्यु हुँदा तलेजु मन्दिर बन्द भएको र त्यसपछि यस वर्ष कोरोना संक्रमणको जोखिमकै कारण मन्दिर बन्द भएको उनले बताए ।
तलेजु मन्दिरमा पूजाआजा गर्न सर्वसाधारणलाई रोक लगाइए पनि भक्तालुहरुले भने बन्द मन्दिरको मूल ढोकामा पूजाआजा गरेका छन् । मनको मनोकांक्षा अर्थात भाकल पूरा हुने विश्वासमा तलेजु भवानीलाई पूजा गर्ने प्रचलन रहेको छ ।
मल्ल राजाहरुको इष्टदेवीकारुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएका हुन् । सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ ।
सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपासा खेल्नेक्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजु भवानीले ‘वर्षको एकपटक महानवमीको दिनमात्र आउँछु’ भन्ने वचन दिएको किंवदन्ती रहेको छ ।
वसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा–आराधना गरिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
