FLASH NEWS
  • Loading...

ब्यवसायीले गाडी निकाले, गुडाउने सडक छैन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८९ पटक पढिएको
ब्यवसायीले गाडी निकाले, गुडाउने सडक छैन

लडकडाउनको अन्त्य भएसँगै यहाँका ब्यवसायीले यात्रु बाहक बस निकालेका छन ।
ब्यवसायीले चारमहिना देखी ग्यारेजमा थन्केका गाडी सडकमा निकाले पनि न यात्रु पाए, न गुडाउन सडक । सदरमुकाम बेनीबाट छुट्नै सवै सडक बाढीपहिरोले अवरुद्ध भएकोले ब्यवसायीले यातायात साधन भने चलाउन पाएनन ।
‘ब्यवसायले विहिवारदेखी सार्वजनिक यातायात सेवा सुरु गरेपनि गुडाउने सडक भने पाएका छैनन । सवै तिरका सडक बाढीपहिरोले क्षतिग्रस्त भएकोले पुरा रुटमा गाडी चलाउन सक्ने अवस्था छैन’ म्याग्दी यातायात ब्यवसायी कम्पनीका सचिव सुमन श्रेष्ठले भने, ‘पहिलो दिन यात्रु पनि काउण्टरमा आएका छैनन । जति सकिन्छ, कोरना संक्रमण रोकथामका उपाय पूर्ण पालनागरी चलाउछौं ।’
विहिवारदेखी आफ्नो काउण्टर खुल्ला गरेको कम्पनीले सार्वजनिक यातायातमा चढ्दा यात्रुलाई मास्क अनिवार्य लगाउनु पर्ने, यदी कोही यात्रुले मास्क छुटाएको रहेछ भने कम्पनीले निसुल्क दिने, चालक तथा सहचालकले पन्जा अनिवार्य लगाउने र गाडीमा पस्दा स्यानिटाईजर अनिवार्य प्रयोग गर्ने ब्यवस्था मिलाएको जनाएको छ । ट्याक्सीहरु भने मंगलवारदेखी नै चल्दै आएका छन । अन्य यातायात कम्पनीहरुले पनि लामो समय थन्क्याएका सवारी साधन मर्मत गर्न थालेको जनाएका छन ।
बेनी–मुस्ताङ सडकको दर्जनबढी स्थानमा बाढीले सडक तथा मोटरपुल भत्काएकोले यात्रु बस चल्न सक्ने अवस्था छैन । सडकको खण्ड–खण्डमा साना सवारी साधनले फाट्टफुट्ट हिंड्ने यात्रुलाई गाडी फेर्दै सेवा दिएका छन । सदरमुकामबाट पोखरा, काठमाण्डौ समेत सहरसँग जोड्ने मालढुङ्गा सडकको जलजला खण्डमा पहिरोले अवरुद्ध भएकोलेमा विहिवार दिउँसो मात्र खुलेको छ ।
अविरल बर्षापछि आएको पहिरोले बेनीबाट पश्चिम दरवाङ्ग जाने सडक बेनी नगरपालिका, ४ सिङ्गा तातोपानीको फापरखेतमा पहिरोले अवरुद्ध छ । बेनी–दरवाङ सडकको विभिन्न खण्डको दर्जनबढी स्थानमा पहिरो झरेकोले साना सवारी पास भएपनि वसहरु पास हुने अवस्था छैन । फापरखेतमा बेनीबाट गएका सवारी साधनबाट यात्रुले पहिरो पैदलपार गरेपछि पारीपट्टीबाट सवारी साधन फेरेर यात्रा गर्नु पर्छ ।
मालिका गाउँपालिका केन्द्र रहेको दरवाङबाट विम, मुना, रुम, देविस्थान, निस्कोट समेतका वस्ती जोड्ने ग्रामिण सडक सवै पहिरोले क्षतिग्रस्त छन । स्थानीय गाउँपालिकाहरुले सडकमा मर्मत गरी सवारी सूचारु गर्न प्रयास थालेका छन ।
बेनी–पाखापानी सडक, बेनी–बरंजा सडक, बेनी–पुलाचौर सडकमा साना सवारी साधन जर्वजस्ती चल्न सकेका भएपनि ठूला बसहरु चल्न सक्ने अवस्था छैन । सडकको भित्ता खसे
र साँघुरो भएको र उकालो सडक हिलाम्मे भएकोले बसहरु गुड्न नसकेका हुन । गलेश्वर–भगवती– बेग सडकमा पनि मालबाहक वोलेरो जीपहरु बाहेक अन्य यात्रु वाहक बस चल्ने अवस्था छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल