FLASH NEWS
  • Loading...

नेकपा विवादः ओलीको प्रस्ताव ‘अर्ली’ महाधिवेशन, दुबै अध्यक्ष राष्ट्रपतिलाई भेट्न शितल निवासमा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १८० पटक पढिएको
नेकपा विवादः ओलीको प्रस्ताव ‘अर्ली’ महाधिवेशन, दुबै अध्यक्ष राष्ट्रपतिलाई भेट्न शितल निवासमा

सत्तारुढ दल नेकपामा देखिएको विवादका बीच प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छिटै महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्। पार्टी सचिवालयको शनिबार बसेको बैठकमा अध्यक्ष ओलीले यस्तो प्रस्ताव राखेको नेकपा स्रोतले बताएको छ।

सचिवालयमा रहो ९ मध्ये ५ जना सदस्यहरुले पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा मागेका थिए। स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा मागिएपछि चुलिएको विवादका बीच प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच गएको असाढ १८ यता ६ पटक वार्ता भए पनि विवाद टुंगोमा पुगेको छैन। यहीबीचमा प्रधानमन्त्री ओलीले छिटै महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।

महाधिवेशनको मितिबारे भने केही उल्लेख गरिएको छैन। यसअघि नै नेकपाको महाधिवेशन आगामी चैत मशान्तमा गर्ने तय भइसकेको थियो। तर पार्टीमा विवाद बढेपछि प्रधानमन्त्री ओलीले छिटै महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।

शनिबारको सचिवालय बैठक सकिएपछि दुबै अध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। शनिबार ड बजेपछि ओली र प्रचण्ड शितल निवास पुगेका थिए। उनीहरु किन राष्ट्रपति कार्यालय गए भन्ने विषयमा केही नखुलाइए पनि तत्कालीन एमालेकी उपाध्यक्षसमेत रहीसकेकी राष्ट्रपति भण्डारीले नेकपा भित्रको विवादमा चासो राख्दै आएकी छन्। नेकपा भित्रको विवादका बीच नेकपा शीर्ष नेताहरुको शितल निवास दौड बाक्लिएको छ।

शनिबार नेकपा सचिवालय बैठक चलिरहेको समयमा नेकपाका दोस्रो तहका नेताहरू बालुवाटार पुगेका थिए। सचिवालय बैठक जारी रहेको बेला स्थायी कमिटी सदस्य एवं ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ बालुवाटार प्रवेश गररेका थिए। https://www.dcnepal.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल