- Loading...
सरिता गिरीको सांसद पद गयो
- पुनहिल डट कम
- ५ साल अघि
- १५८ पटक पढिएको

नेपाल सरकारले कालापानी, लिम्पिया र लिपुलेकको गुमेको नेपाली भूमि समावेश गरी नक्सा प्रकाशन गरेकोमा विरोध गर्दै चर्चामा आएकी समाजवादी पार्टी नेतृ तथा सांसद सरिता गिरीको सांसद पद गुमेको छ ।
उनको पार्टीले नेतृ गिरीलाई निष्कासन गरेको छ । अब उनी सांसद पदमुक्त भएकी छन् ।
सांसद गिरीको अभिव्यक्तिसँगै देशभर विरोध हुन थालेपछि पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा एक छानबिन कार्यदल गठन गरी सत्यतथ्य बुझ्ने कार्यादेश दिइएको थियो । सोही कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको हो ।
सोही सिफारिसअनुसार गिरीमाथि कारबाही निर्णय भएको समाजवादी पार्टी स्रोतले जानकारी दिएको छ ।
नेपालले जारी गरेको नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्तावसमेत दर्ता गराएकी थिइन् ।
पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेपछि उनीमाथि छानबिन कार्यदल बनाएको थियो ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
