FLASH NEWS
  • Loading...

भारतीय नेतालाई प्रधानमन्त्री ओलीको जवाफ, ‘नेपाल हेपिन तयार छैन, हेपिन मान्दैन’

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ३३५ पटक पढिएको
भारतीय नेतालाई प्रधानमन्त्री ओलीको जवाफ, ‘नेपाल हेपिन तयार छैन, हेपिन मान्दैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबारेमा भारतीय नेताहरुले जथाभावी टिप्पणी गरेको भन्दै असन्तुष्टी जनाएका छन ।
बुधबार विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालबारे गत बुधबार गरेको टिप्पणीलाई निन्दनीय को संज्ञा दिए ।
योगीले भविष्यको परिणाम सम्झिएर राजनीतिक सीमा निर्धारणसम्बन्धी कदम चाल्न नेपाललाई चेतावनी दिएको सन्दर्भमा ओलीको असन्तुष्टी आएको हो ।
‘योगी आदित्यनाथले नेपालबारे बोल्नु भयो भन्ने कुरा मैले पनि सुनेँ। यदि उहाँले नेपालबारे त्यसरी बोल्नु भएको हो भने त्यो जायज होइन’, ओलीले भन्नुभयो, ‘त्यसरी नेपाललाई धम्क्याउन खोजेको हो भने त्यो उचित होइन।’
योगीको भूमिका भारतको केन्द्र सरकारमा नभए पनि उनले मुख्यमन्त्रीका रुपमा गरेको टिप्पणी निन्दनीय भएको प्रधानमन्त्रीको बुझाई थियो ।
ओलीले भन्नुभयो, त्यो निन्दनीय विषय हो। नेपालमाथिको अपहेलनाका रुपमा बुझ्छौँ। नेपाल हेपिन तयार छैन, हेपिन मान्दैन, योगीजीलाई स्मरण रहोस्।’
उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले एक साताअघि भविष्यको परिणाम ख्याल गरेर राजनीतिक सीमा निर्धारणसम्बन्धी कदम चाल्न नेपाललाई चेतावनी दिनुभएको थियो ।
आदित्यनाथले गत बुधबार लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा नेपालले आफ्नो सीमाबारे सोचेर निर्णय गर्नुपर्ने उल्लेख छ।

  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र