- Loading...
कोरोना समयमा नेता सिटौलाका छोराको बिहे: मुखमा मास्क, चार जना जन्ती
- पुनहिल डट कम
- ५ साल अघि
- २७० पटक पढिएको

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका एक्ला छोरा श्यामप्रसाद सिटौलाले आइतबार विवाह गरे।
अक्षय तृतीयाका दिन बिर्तामोडकी मनिषा विमलीसँग श्यामले बिहे गरेका हुन्।
तीन महिनाअघि हिजोका लागि बिहे मिति तोकिएकोले पूर्वनिर्धारित लगनमै बिहे गरेको सिटौलाले बताए। ‘लकडाउनको बेला सामाजिक दूरी कायम गरेर छोराको बिहे गरियो,’ सिटौलाले भने।
सिटौला झापाका स्थानीय बासिन्दा हुन्। उनका छोराले झापा नै घर भएकी र भारतमा पढ्दै गरेकी मनिषासँग बिहे गरेका हुन्। बिहेमा आफूसहित चार जना जन्ती र दुलहा एउटा गाडीमा गएको उनले बताए। दुलहीका घरमा पनि १० जनामात्रै भेला थिए।
‘धुमधामसँग बिहे गर्ने अहिले बेला छैन। लकडाउन छ। पहिले नै बिहेको मिति तय गरेकोले सारेनौं,’ सिटौलाले भने।
जन्ती गएकाहरूको मुखमा मास्क र हातमा सेनिटाइजर थियो।
‘अलि खल्लो हुने रहेछ। धेरैको बिहेमा निम्ता मान्न गइयो। तर आफ्नोमा बोलाउन सकिएन,’ सिटौलाले भने, ‘साधारण हिसाबले छोराको बिहे गरियो। खर्च गरिएन। एउटा पसलबाट साडी र सिन्दुर किनेर ल्याएका थियौं।’
सिटौलाका छोरा श्यामले बिहे खर्च कोरोना कोषलाई हस्तान्तरण गरेका छन्।
‘साधारण अवस्थामा भएको भए बिहेको भोलिपल्ट आज घरमा भोज पाक्थ्यो। इष्टमित्र, साथीभाइ भेला हुन्थे,’ सिटौलाले भने, ‘बिहान घर सल्लाह गरेर बिहे खर्च कोरोना कोषलाई दिने निर्णयमा पुग्यौं।’
‘पाँच लाख स्थानीय सरकारको राहत कोषमा राखिदिएका हौं,’ सिटौलाले भने। भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदसी गाउँपालिका, हल्दिवारी गाउँपालिका, विर्तामोड नगरपालिका वडा नम्बर १० लाई राहत रकम दिइएको उनले बताए।
सेतोपाटीबाट साभार

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
