- Loading...
हैदराबाद बलात्कार घटनाका चारै जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिए
- पुनहिल डट कम
- ५ साल अघि
- २३३ पटक पढिएको

भारतको हैदराबादमा भएको बहुचर्चित बलात्कारको घटनामा पक्राउ परेका चार जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन्। हैदराबाददेखि ५० किलोमिटर पर महबुब नगर जिल्लाको चटनपल्ली गाउँमा इन्काउन्टर भएको हो।
तेलंगना प्रहरीका एडीजी जितेन्द्र नेका अनुसार आज बिहान ठिक तीन बजे चारै अभियुक्त इन्काउन्टरमा मारिएका हुन्।
एक प्रहरी अधिकारीका अनुसार गएराति चारै जना अभियुक्तलाई महिला डाक्टरको जलेको शव भेटिएको ठाउँमा लगिएको थियो। जहाँ घटना कसरी भएको थियो भन्नेबारे बुझ्ने क्रममा उनीहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए। सोहीक्रममा भएको मुठभेडमा उनीहरु मारिएका हुन्।
२८ नोभेम्बरमा हैदराबादको एक टोल प्लाजा नजिकै एक जना २६ वर्षीया डाक्टरको जलेको अवस्थामा शव भेटिएको थियो। मृतक डाक्टरको शव परीक्षण गर्दा बलात्कारपछि हत्या गरेर जलाएको थाहा भएको थियो। घटनापछि पक्राउ परेका चारै जना १४ दिनको न्यायिक हिरासतमा थिए।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
