FLASH NEWS
  • Loading...

हिमालपारीको हिमपात

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ४५२ पटक पढिएको
हिमालपारीको हिमपात

हिमालपारीको जिल्ला मुस्ताङमा भएको भारी हिमपातले जनजीवन कष्टकर भएको छ । बाक्लो हिउँले पदमार्ग पत्ता लगाउन नसक्ने अअवस्था आएपछि मुस्ताङ घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक अलपत्र परेका छन । सडक तथा हवाई यातायात पनि ठप्प छ ।

मुस्ताङ जिल्लाभर हिमपात भएकोले नदीबाहेकका सवै भूभागमा बाक्लो हिउँ जमेकोले हिमाल झै बनेको छ । सेताम्मे हिउँले ढाकेका बालुवाका पहाड, बाटो, खेत र घरहरु । विश्व सम्पदा सूचिमा प्रस्तावित माटोको शहर मुस्ताङको उपल्लो भेग लोमन्थाङ अहिले बाक्लो हिउँले छोपिएको छ ।

उपल्लो मुस्ताङका लोमन्थाङग, छोसेर, छोनुप, चराङ, घमी लगाएतका सात वस्ती स्थलमार्गबाट विच्छेद भएका छन । बाटोमा बाक्लो हिउँ जमेकोले एक बस्तीबाट अर्कोमा समेत विच्छेद भएका छन ।

जोमसोम विमानस्थलको धावन मार्गमा बाक्लो हिउँ जमेकोले पोखराजोमसोम उडान पनि अवरुद्ध छ । बेनीजोमसोम सडकको मुस्ताङ खण्डकको घासाजोमसोममुक्तिनाथ समेत सवै सडक हिउँले ढाकिएकोले सवारी चल्न सक्ने अवस्था छैन । सडक तथा हवाई यातायात अवरुद्ध भएपछि मुस्ताङ भ्रमणमा रहेका बाह्य तथा आन्तरिक पर्यटक विभिन्न स्थानमा रोकिएका प्रहरीले जनाएको छ । पोखरा, काठमाण्डौ समेतका शहरबाट मोटरसाईकलमा मुस्ताङ घ्ुम्न आएका आन्तरिक पर्यटक मुस्ताङमा अल्झेका छन ।

हिमपातले धनजनको क्षतिको जानकारी आएको छैन । तर धेरै आन्तरिक तथा बाहय पर्यटक जोमसोम समेत विभिन्न ठाउँमा रोकिएका छन । वाईकमा आएका आन्तरिक पर्यटक अलपत्र छन मुस्ताङका प्रहरी प्रमुख महेन्द्र खड्काले भने, ‘जोमसोममा भन्दाबढी तल लेते क्षेत्रमा बाक्लो हिउँ परेकोले सडक छिचोल्न समस्या छन । धेरै वर्षपछि बाक्लो हिउँ परेको भन्दै यहाँका कृषक सास्ती विर्सेर उत्साही छन ।

डिएसपी खड्काका अनुसार ६ इन्चदेखी २ फिटसम्म बाक्लो हिउँ परेकोले अझै केही दिन विमानस्थलको रन वे खुल्ने संभावना छैन । सडकको अवस्था पनि यही हो । पदयात्री केही पर्यटक भने जोखिम मोलेरै जोमसोमबाट तल मार्फा, लेते तर्फ हिंडेका छन । जोमसोमदेखी माथी मुक्तिनाथ जाने सडक केही दिनदेखी बन्द रहेकोमा अव थप केही समय खुल्ने छैन ।

सडक तथा हवाई धावनमार्गमा बाक्लो हिउँ थुप्रो लागेकोले मुस्ताङका सवै सडकमा र पोखराजोमसोम हवाई यातायात अवरुद्ध छ । बाक्लो हिमपातले वल्लोपल्लो घर गर्न समेत कठिन भएको छ । चिसोले चर्पीको पानी जमेकोले दिसा पिसावमा समेत समस्या छ ।

तस्वीर सौजन्य ः महेन्द्र खड्का, डिएसपी÷जिल्ला प्रहरी कार्यालय मुस्ताङ्ग ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल