FLASH NEWS
  • Loading...

एच.आई.भी.संक्रमित बढे

  • पुनहिल डट कम
  • ६ साल अघि
  • ५०१ पटक पढिएको
Post Thumbnail

जिल्लामा बर्षेनी एच.आइ.भी. संक्रमितको संख्या बृद्धी भै रहेको छ । बेनी अस्पतालको अभिलेख अनुसार पछिल्लो चार महिनामा ५ जना एचआईभी पोजेटिभ संक्रमित फेला परेका छन ।

जिल्ला अस्पतालमा रहेको एचआईभी/एड्स सम्बन्धी कार्यक्रम हेर्ने एआरटी सेन्टरको अभिलेख अनुसार अहिले जिल्ला अस्पतालबाट ४ जना बालक, ३१ जना महिलासहित ५६ जनाले नियमित औषधी सेवन गरिरहेका छन ।

त्यसैगरी एचआईभी/एड्स संक्रमित भै पहिचान भएका तर जिल्ला बाहिरबाट एआरटी सेवा लिने संक्रमितमध्य ४३ जनाले पोखराबाट, ११ जनाले बाग्लुङ्गबाट र काठमाण्डौ पुगी एआरटी सेवा लिनेको संख्या १५ जना छ । जिल्लामा एचआईभी संक्रमित पहिचान भै नियमित एआरटी सेवा लिनेको संख्या एक सय १५ जना छन ।
‘जिल्लामा बर्षेनी एचआईभी/एड्स संक्रमित पत्ता लाग्ने रेसियो बढेको छ । पछिल्लो चार महिनामा ५ जना नयाँ संक्रमित पत्ता लागेको छ’ बेनी अस्पतालकी एआरटी कन्सिटर पशुपति बानियाँले भनिन्, ‘पत्ता लागेका सवै संक्रमितले नियमित एआरटी सेव लिईरहेका छन ।’

विश्व एड्स दिवस मनाईयो
‘एच.आई.भी जाँच गराऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने मुल नारासहित सरोकारवाला निकायसंग अन्र्तक्रिया गर्दै शनिवार बेनीमा पनी ३१ औं विश्व एड्स दिवस मनाईएको छ ।

प्रमुख अतिथि जिल्ला समवन्य समितिका संयोजक देवेन्द्रबहादुर केसीले आफ्नो एच.आई.भी. परिक्षण गरी उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी र एचआईभी संक्रमित होम पुर्जाले मन्तब्य राखेका थिए । अन्र्तक्रिया कार्यक्रमको अध्यक्षता आयोजक बेनी नगरपालिकाका प्रमुख हरीकुमार श्रेष्ठले, संञ्चालन नगरपालिककी स्वास्थ्य संयोजक लिला गौतमले र स्वागत सिनियर अहेव सोमनाथ उपध्यायले गरेका थिए ।
‘हामी समस्यालाई लुकाएर बसेका एचआईभी पोजेटिभहरुको पहिचान गर्ने, उनीहरुलाई केयर होम सम्म पुर्‍याउन सहयोग गछौं’ गुप्त सवा मार्गदर्शक समितिका उपाध्यक्ष तीलक थापाले बताए । एचआईभी संक्रमितहरुले जिल्ला सदरमुकाम बेनीमा एचआईभी सुचना केन्द्रको रुपमा समिति निर्माण गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल