FLASH NEWS
  • Loading...

उपल्लाे मुस्ताङ उक्लिए वेंशीका तरकारी

उपल्लाे मुस्ताङ उक्लिए वेंशीका तरकारी

उपलल्लो भेगका मुस्ताङ्गहरु जाडो छल्न बैंशी झरेको बेला मात्र काउली, बन्दा, टमाटर, काँक्रा जस्ता तरकारी देख्न र खान पाउँथे । तर अहिले अवस्था उल्टो बन्दै छ । बढ्दो तापक्रम, घट्दो हिमपात र बढ्दो बर्षाले मुस्ताङको उपल्लो भेगमा पहिला कहिल्यै नफलेका तरकारी वाली फल्न थालेको छ । खेती प्रणालीमा आएको फेरवदलले उपल्लो मुस्ताङ्गीको भान्सा नै फेरिएको छ ।
तल्लाे मुस्ताङमा मात्र हैन बालुवाले ढाकेका फुस्रा पहाडहरु रहेकाे उपल्लाे मुस्ताङका सवै वस्तीहरुमा वेंशीका वारीमा फल्ने काउली, ब्रोकाउली, टमाटर, रायो, मुला, गाजर, जुगुने फर्सी लगाएतका तरकारी लटरम्म फल्न थालेको छ । उच्च हिमाली जिल्लामा नयाँ तरकारी फल्नु र पहिलेकै तरकारी पनि पहिला भन्दाबढी फल्नुलाई तापक्रम र बर्षामा भएको बृद्धीलाई मानिएको छ ।
‘हिजो जस्तै लाग्छ । बालबच्चा सहित घरका घोडाहरु धपाउँदै बेंशीका वस्तीमा पुगेर टमाटर राखेको काउलीको तरकारी खाँदा के के नै खाए जस्तो लाग्थ्यो । तर अहिले आफ्नै बारीमा फल्न थालेको छ । उपल्लो मुस्ताङ डुल्न आउने पाहुनालाई पनि यहीं वारीमा फलेको तरकारी खुवाउने गरेका छौं’ लोघेकर–दामोदरकुण्ड गाउँपालिका, ४ घमीकी छिरिङ डोल्मा गुरुङले भनिन, ‘अहिले घरायसी प्रयोजनमा मात्र तरकारी खेती गरेका छौं । अव केही बर्षभित्र उपल्लो मुस्ताङ्गको चिसो हावापानीमा उत्पादित अर्गानिक तरकारी बेंशीका शहरमा पठाउने लक्ष्य लिएका छौं ।’

जल तथा मौसम विज्ञान कार्यालय पोखराले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार मुस्ताङको सवैभन्दा माथिल्लो लोमन्थाङ गाउँपालिका, १ छोसेर स्थित मौषम मापन केन्द्रको रेकर्डमा सन् २००९ सम्म उपल्लो मुस्ताङमा अधिकतम बर्षा २ सय मिलिमिटर भन्दा तल थियो तर त्यसयता बर्षाको मात्रा बढेर सन् २०२३ सम्म आईपुग्दा अधिकतम ३ सय ३१ मिमीसम्म बर्षा भएको रेकर्ड छ ।
त्यस्तै, जोमसोम स्थित एरोसिनप्टिक केन्द्रको रेकर्डमा सन् २०१० सम्म जोमसोम क्षेत्रमा अधिकतम बर्षा ३ सय मिलिमिटरभन्दा तल रहेकोमा सन् २०२३ सम्म आईपुग्दा बर्षाको मात्रा बढेर बार्षि अधिकतम ६ सय ६५ मिलिमिटरसम्म पुगेको छ ।
तापक्रम र बर्षामा आउने ०.१ प्रतिशतकै परिवर्तनले पनि वातावरणमा अत्याधिक प्रभाव विज्ञहहरुले बताउने गरेका छन । युएनडिपीले १६–१७ बर्ष अघि नै जलवायु परिवर्तनको कारणले मुस्ताङ र मनाङमा नयाँ तरकारी फल्ने, कम उचाईमा हुने वोटविरुवाहरु देखा पर्ने पूर्वानुमान गरेको थियो ।
‘सुख्खा स्थानमा पानी परेपछि माटो मलिलो बन्छ । माटोको आद्रता र सिंचाई पुग्छ अनि तापक्रमले फल लाग्ने तत्व पुर्‍उछ र नयाँ तरकारी, फल फल्न थाल्छन’ कृषी ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङले भने, ‘तोकिएको भन्दा फरक हावापानी र उचाईमा नयाँ तरकारी फल्न थाल्नुलाई ‘क्रप्स शिफ्टिङ’ भनिन्छ । यस्तो तरकारीमा मात्र हैन, मुस्ताङमा अन्यवालीमा पनि देखिन थालेको छ ।’

युएनडीपीले निकालेको मानव विकास रिपोर्ट २००७/८ जलवायु परिवर्तनले बढाएको तापक्रम र बर्षाको असामान्य परिवर्त ल्याउने उल्लेख गर्दै पृष्ठ ९ र १० मा भनिएको छ, ‘हिमाली क्षेत्रमा नयाँ तरकारी काउली, बन्दा, टमाटर, काँक्रा, खुर्सानी पििन फल्ने छन । कम उचाईमा पाईने बोटविरुवा पनि यी स्थानमा पाईने छन । हिमाली जिल्ला अघिल्ला दशकमा भन्दा हरियालीयुक्त हुन थाल्ने छन ।’
अवस्थित लो मन्थाङ र वरपरका वस्तीमा प्लास्टिको घर (हरित गृह) भित्र गरिने तरकारी खेती प्रभावकारी बनेको छ ।
जलवायु परिवर्तनले तापक्रम बढेपछि जलवायु अनुकुलन भएका तरकारी खेती शुरु गरिएपछि उपल्लो मुस्ताङ्ग क्षेत्रको परम्परागत खेती प्रणालीमा उथलपुथल नै भएको छ । बैंशीका वस्तीमा मात्र देखेका काउली, ब्रो काउली, बन्दा, टमाटर, काँक्रो, मुला, जुकेनी, गाजर आदी तरकारी हिजोआज बर्षको अधिकांश महिना हिउँले छोप्ने उपल्लो मुस्ताङ्गका बालुवाका पहाडमा लटरम्म फलेका छन ।

‘मोटरबाटोको पहुँचसँगै उपल्लो मुस्ताङ्गमा साँस्कृतिक, कृषी, शिक्षा समेतका सभ्यता भित्रिएको छ । हामीले जलवायु परिवर्तनसँगै स्थानियलाई अनुकुलन बेंशीमा फल्ने तरकारी खेती तर्फ आर्कषित गरीरहेका छौं’ लोमन्थाङ गाउँपालिका अध्यक्ष टसीनर्वु गुरुङले भने, भने, ‘जलवायु अनुकुलनकालागी मुस्ताङ्गकै तल्लो क्षेत्रमा उत्पादन हुने रायो, गाजर, काउली र बन्दाको वीउ र बेर्ना ल्याएर यहाँ खुल्ला खेती गराएका छौं । फापर, उवा जस्ता जस्ता रैथाने अन्नवाली संरक्षण गर्न अहिल्यै सचेत बनेका छौं ।’
कात्तिक–चैतसम्म बाक्लो हिउँले ढाक्नेहुँदा फागुन–असोज मात्र खेतिपातीको समय हो । तर हिजोआज हिउँदमा हिउँ नै नपर्ने वा पर्दा पनि सामान्य फर्ने थालेको छ । अनि वर्षा हुने क्रम बढेको छ । वारागुङ–मुत्तिक्षेत्र गाउँपालिका, ३ छुक्साङकी ४५ बर्षिया छिमी गुरुङले पहिलो पटक आफ्नै वारीमा काँक्रो, करेला, भिण्डी र लौका फलाईन । ‘काँक्रो, करेला त फल्ला भन्ने लागेकै थिएन, वैशाखमा रोपेको भदौमा राम्रो फल्यो । असोजसम्मै रह्यो ।’

जलवायु परिवर्तनका अनेक असरमध्य ‘क्लाईमेट जोन सिफ्टिङ (वाली हुने क्षेक्र विस्तारै माथी सर्दै जानेत्रम) धेरै देखिन थालेको छ । मुस्ताङमै तरकारी वाली मात्र होईन तल्लो क्षेत्रमा मात्र फल्ने स्याउ अहिलो माथिल्लो मुस्ताङको लोमन्थाङसम्म उक्लेको छ । जलवायु परिवर्तनसँगै हिमाली भेगमा पशु, फलफुल र अन्नवालीमा पनि रोगकीरा देखिन थालेका छन ।
‘तल्लो मुस्ताङमा मात्र होईन जलवायु परिवर्तनको प्रभाव लोमन्थाङ क्षेत्रका वाली र पशुचौपयाहरुमा पनि नयाँ रोगकीरा देखिएका छन’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमन्थाङ कार्यालय प्रमुख उमेश पौडेलले भने, ‘लोमन्थाङमा पनि अन्नवालीमा नयाँ रोग देखिएपछि परम्परागत र रैथाने वीउ जोगाउन कृषक पाठशाला मार्फत रोगहरुको पहिचान र उपचार थालेका छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल