- Loading...
म्याग्दी शिखकाे हिलाङमा आगलागीमा परि वृद्धको मृत्यु
- पुनहिल डट कम
- ८ महिना अघि
- ३५३९ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका, ५ शिखको हिलाङ स्थित घरमा आगोलागीहुँदा एक अशक्त वृद्धको जलेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट घट्नास्थल पुगेका अनुसन्धान अधिकृत राजन रायमाझीका अनुसार विहिवार राती खाना खाईवरी सुतेका आँखा कम देख्ने, शारिरिक रुपमा पनि कमजोर रहेका ६७ बर्षिय कालु परियारको आगोलागी जलेर मृत्यु भएको छ । राती अन्दाजी १ बजेबाट लागेको आगो ३ बजेपछि मात्र नियन्त्रणमा आएको हो ।
अन्नपूर्ण गापा, ५ पाउद्वारमा घर भएका अविवाहित वृद्ध कालु केही दिनदेखी सोही वडाको शिख गाउँदेखी माथी हिलाङ भन्ने स्थानमा नरबहादुर विकको घरमा आश्रय लिएर बसेका थिए । निगालाको चोयाको चित्राको छाना हालेको छाप्रोमा रहेको आरन समेत रहेको भान्सा कोठामा सुतेका कालु परियार ‘अज्ञात’ कारणले भएको आगलागी भएको थियो ।
‘गोठ धनी नरवहादुर समेत परिवार भने छेउमा रहेको अर्को घरमा रहेको र घर एकान्तमा रहेकोले आगलागी भएको थाहा पाएपछि हारगुहार गरी छिमेकी समेत जम्मा भै आगो नियन्त्रणमा लिँदा वृद्ध कालुको मृत्यु भैसकेको बुझिन्छ’ प्रहरी निरिक्षक रायमाझीले भने, ‘थप अध्ययन भैरहेको छ । आफन्त नभएको र बेला बेलामा आरनधनी नरबहादुरकोमा आउने आरनको काममा सहयोग गर्ने र खाना मागी खाने गरेको देखिन्छ । आरनबाट अगो सल्केको हो वा विधुत सर्ट भएको अनुसन्धान भैरहेको छ ।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
