FLASH NEWS
  • Loading...

सगरमाथा चढ्दै म्याग्दी शिखकी चेली दीया पुन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ५०९ पटक पढिएको
सगरमाथा चढ्दै म्याग्दी शिखकी चेली दीया पुन

म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका, ५ शिख पुख्याैली थलाे भै हाल युकेमा बसाेबास गर्दै अाएकी नायिका दीया पुनले अप्रिल महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छिन् ।
यसअघि ८ हजार १६३ मिटर अग्लो मनासलु हिमाल चढिसकेकी उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न जान लागेको बताइन् ।
हङकङमा जन्मेर कहिले नेपाल, कहिले ब्रुनाइ हुँदै सन् २००० देखि बेलायतमा बसोबास गर्दै आएकी पुनको हिमाल चढ्ने रहर भने सन् २०१८ बाट शुरु भएको हो । त्यो वर्ष उनले अर्जेण्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउण्ट अकोनकागुवा चढिन्। त्यसयता हरेक वर्ष एउटा हिमाल चढ्ने उनको योजना कोभिड महामारीले राेकेकाे पुनले बताइन । सन् २०२२ मा सगरमाथा चढ्ने तयारीमा जुटेकी पुनलाइर् सगरमाथा आरोहणको लागि नेपालमा रहेको इलाइट एक्सपीडिसन्सले आवश्यक प्रक्रियाहरु  गरिरहेकाे छ । यो कीर्तिमानी आरोही निर्मल पुर्जाको कम्पनी हो ।

बेलायतको कोलचेष्टर अस्पतालमा नर्सका रुपमा कार्यरत दीयाले व्यक्तिगत सौख पूरा गर्न मात्र होइन नर्सहरुको मानसिक स्वास्थ्यसित पनि जोडेकी छिन् ।
उनले सगरमाथा आरोहणमार्फत तीनवटा च्यारिटीका लागि सहयोग संकलन गर्ने भएकी छिन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् । 
आफ्नो आरोहणमा लाग्ने सबै खर्च आफैँले ब्यहोर्ने उनले बताइन् । “अहिलेसम्म मेरो आरोहणमा कुनै प्रायोजक छैन । म आफैँले सबै खर्च तिर्ने योजना बनाएको छु तर यसबीचमा कोही प्रायोजक आउनुहुन्छ भने पनि स्वागत छ”, उनले भनिन् ।

नेपाल जाँदा बाबासित बज्यै भेट्न म्याग्दी शिख गइरहने दीयालाई गाउँघर प्यारो लाग्थ्यो । शिख गाउँबाट अाँखैमा टाँिसन अाउने धवलागिरी, निलगिरी, अन्नपूर्ण हिमालकाे माेह जागेकाे हाे । विहान उठ्ने वित्तिकै हिमालबाट अाउने चिसाे वतासले पुनकाे मनमा सितलता मात्र दिएन, हिमाल चढ्न सक्छु भन्ने ताताे उर्जा दिन्थ्याे ।  

उनले अर्जेण्टिनाको हिमाल र नेपालकै मनासलुकाे चुचुरो समेत टेक्न पुगिन् । हिमाल चढेपछिको आनन्दका बारेमा उनी भन्छिन्, “शुरुमा सक्दिनँ होला जस्तो लाग्छ तर शिखरमा पुगेपछि प्राप्त हुने सुख वर्णन गर्न सकिँदैन ।”
मनासलु हिमाल आरोहणका बारेमा पनि अर्कै कथा छ । सन् २०१६ मा ‘मन्त्र’ चलचित्रको छायाँकनका लागि उनी गोरखाको सामागाउँ पुगेकी थिइन् । मनासलुको काखमा रहेको त्यो गाउँ पुग्दा उनले कहिल्यै त्यो हिमाल चढिएला भनेर सोचेकी पनि थिइनन् । सुटिङ हुँदै गर्दा ‘मनासलु हिमाल चढ्न जापानी टोली आएको छ रे’ भन्ने हल्ला सुन्दा पनि उनलाई कुनै वास्ता थिएन । तर सन् २०१९ मा उनी कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाइ) को टोलीमा सामेल भएर मनासलु चढेर आइन् ।
वीरविक्रम, मिस्टर झोले, ह्याप्पी डेज, दयारानी, मन्त्र लगायतका फिल्ममा अभिनय गरिसकेकी उनलाई सोधियो, “भविष्यमा पर्वतारोहणलाई पेशा बनाउने सोच पो छ कि ?” जवाफमा उनले भनिन्, “पर्वतारोहण मेरो सौख मात्र हो ।”
नर्सको पेशा, अभिनय र पर्वतारोहणको सौख । हालसम्म तीनवटै कुरा सन्तुलनमा चलिरहेको र तीन वटै विधालाई एकसाथ बढाउने उनको योजना छ । *समाचार वीनेपालीमा प्रकाशित छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल