- Loading...
कांग्रेस १४ औं महाधिवेशन : उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित
- पुनहिल डट कम
- ३ साल अघि
- १७१ पटक पढिएको

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ। ५७ जना नेताले केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता लिएका छन्।
आज बिहान ११ बजेसम्म निर्धारण गरिएको मनोनयनपत्र फिर्ताको समय डेढ घण्टा थप गरेर १ बजेसम्म कायम गरिएको थियो। सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिँदै शेखर कोइरालालाई सहयोग गर्ने बताएका छन् भने सहमहामन्त्री पदका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।
जसअनुसार सभापतिका लागि पाँच जना भिड्दै छन् भने दुई उपसभापतिका लागि सात जना र दुई महामन्त्रीका लागि पाँच जनाले प्रतिस्पर्धा गर्दै छन्। त्यस्तै खुला तथा समावेशी गरी ८ सहमहामन्त्री पदमा १९ जनाको उम्मेदवारी परेको छ।
त्यसैगरी ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जना भिड्नेछन् भने ९ महिला खुला केन्द्रीय सदस्यका लागि ३० जनाको प्रतिस्पर्धा हुनेछ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
