- Loading...
बागलुङको एक विद्यालयका २६ जनामा कोभिड संक्रमण
- पुनहिल डट कम
- ३ साल अघि
- ४०३ पटक पढिएको

बागलुङको एक विद्यालयका २६ जना विद्यार्थी र शिक्षकहरुमा एकैपटक कोभिडको संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका–१३ पैयुंपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रछात्रा र शिक्षकहरुमा कोभिड संक्रमण देखिएको हो । कोभिडको जस्तै लक्षण देखिएपछि धौलागिरि अञ्चल अस्पतालका स्वास्थ्यकर्मीहरुको टोलीले बुधबार र बिहीबार परीक्षण गरेको थियो ।
केहीको एन्टिजेन र केहीको पीसिआर परीक्षण गर्दा एकैपटक ठूलो मात्रामा संक्रमण पुष्टि भएको हो । धौलागिरि अञ्चल अस्पतालका कोभिड फोकल पर्सन प्रकाश घिमिरेका अनुसार ८१ जनामा परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै शनिबार स्थानीय समुदायका १८ जनामा गरिएको परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको घिमिरेले बताए ।
‘नयाँ भेरिएन्ट हो कि जीन सिक्वन्सिङ परीक्षण गर्न केही नमुना काठमाडौं पठाउँदैछौं,’ उनले भने, ‘त्यो नतिजा आएपछि के हो भन्ने पत्ता लाग्छ ।’
वडाध्यक्ष नारायण शर्मा पौडेलले संक्रमण पुष्टि भएको विद्यालय एक साताका लागि बन्द गर्न जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन समितिलाई पत्राचार गरिएको बताए । *इकान्तिपुरबाट

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
