- Loading...
कोभिड खोपको प्रभावकारिता ६० दिन मात्र !
- पुनहिल डट कम
- ३ साल अघि
- ३१३ पटक पढिएको

कोभिड १९ विरुद्ध दिइएको खोपको प्रभावकारिता ६० दिन मात्रै देखिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा खोप लगाएको ६० दिनसम्म एन्टीबडी विकास हुँदै गएकोमा त्यसपछि घट्दै गएको देखिएको हो।
परिषद्ले २०७८ जेठ १७ देखि २०७८ असार २५ सम्म काठमाडौं उपत्यकाबाट रगतको नमूना संकलन गरी खोपले विकास गरेको एन्टीबडी स्तरको अध्ययन गरेको थियो। उक्त अध्ययनको नतिजमा पहिलो र दोस्रो दुवै डोज खोप लगाएका ८२ प्रतिशत र पहिलो डोज मात्र खोप लगाएकामा ५५.८ प्रतिशत एन्टीबडी विकसित भएको पाइएको छ।
तर ६० दिनपछि भने उक्त एन्टीबडी विस्तार घट्दै गएको देखिएको छ। खोप लगाएको १५० दिनसम्ममा सामान्य एन्टीबडी देखिएपनि त्यसपछि भने एन्टीबडी नपाइएको अध्ययनले देखाएको छ। ‘‘६० दिनपछि एन्टीबडी विस्तारै घट्दै गएको देखियो, ’’ शुक्रबार एन्टीबडी अध्ययनसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालले भने, ‘‘तर एक सय ५० दिनसम्म पनि एन्टीबडी केही मात्रामा देखिएको छ।’’
अध्ययन अनुसार दुई महीनापछि खोपको प्रभावकारिता घट्दै गई पाँच महीनासम्म मात्रै त्यसको एन्टीबडी देखिन्छ। जसकारण पाँच महीनापछि बुस्टर डोज आवश्यक पर्ने देखिन्छ। तर खोप लगाएको नौ महीनासम्म पनि बुस्टर डोजको व्यवस्था सरकारले गर्न सकेको छैन।
बुस्टर डोज दिन आवश्यक देखिएकाले परिषद्ले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)लाई बुस्टर डोजको विषयमा पत्राचार गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत धिमाल बताउँछन्।
उनकाअनुसार कोभिशिल्ड भन्दा भेरोसेल खोप लगाएका व्यक्तिमा कम एन्टीबडी देखिएको छ।
कोभिशिल्ड लगाएका व्यक्तिमा खोप लगाएको धेरै समयपछि मात्र अनुसन्धान गरिएकोले भेरोसेल भन्दा कम प्रतिशतमा एन्टिवडी देखिएको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालले बताए ।
परिषद्ले नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाएका तथा नलगाएका व्यक्तिहरूमा एन्टीबडी स्तरको अध्ययनको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार पहिलो र दोस्रो दुवै डोज खोप लगाएका ८२ प्रतिशतमा एन्टीबडी देखिएको छ।
पहिलो डोज मात्र खोप लगाउनेमा भने ५५.८ प्रतिशतमा एन्टीबडी विकसित भएको पाइएको छ।
परिषद्ले १ हजार ७९६ जनाको परीक्षण गरी अध्ययन गरेको थियो। सहभागीमध्ये ८१ प्रतिशतले खोप लगाएका थिए। अध्ययनमा ५१.८ प्रतिशत पुरुष र ४८.१ महिला सहभागी थिए। जसमध्ये ८५.२ प्रतिशतले कोभिसिल्ड र १४.५ प्रतिशतले भेरोसेल खोप लगाएका थिए। *नेपालभ्युजमा समाचार प्रकाशित छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
