FLASH NEWS
  • Loading...

ड्राइभिङ लाइसेन्सको लागि असोजको दोस्रो सातादेखि नयाँ आवेदन खुल्ने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७२ पटक पढिएको
ड्राइभिङ लाइसेन्सको लागि असोजको दोस्रो सातादेखि नयाँ आवेदन खुल्ने

सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि असोज दोस्रो सातादेखि नयाँ आवेदन खुल्ने भएको छ। कोरोनाका कारण बन्द भएको आवेदन पाँच महिनापछि नयाँ आवेदन खुलाउने तयारी गरेको यातायात व्यवस्था विभागले जनाएको छ।

नेपालमा दोस्रो लहरको कोभिड संक्रमण फैलिएपछि विभागले गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा गरिने आवेदन सेवा बन्द गरेको थियो। विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार असोज दोस्रो साताबाट नयाँ आवेदन भर्न सकिने छ।

विभागले बन्द हुनुअघि नै फारम भरिसकेका सेवाग्राहीहरुको भने गत भदौ २० देखि लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गरिरहेको छ। विभागले नयाँ ‘सवारी अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ जारी गरेको छ।

पहिले जस्तो सामान्य गल्ती गर्दा पनि अब फेल हुनु नपर्ने व्यवस्था कार्यविधिमा छ। प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटेर पूर्णाङ्क १०० रहने गरी चाररचार अंकका जम्मा २५ वटा वस्तुगत बहुउत्तर प्रश्नहरू सोधिने छन्।

लिखितमा न्यूनतम ६० अंक ल्याएमा उत्तिर्ण हुने र प्रयोगात्मकमा १०० पूर्णाङ्क रहेकोमा ७० ल्याएमा पास हुने कार्यविधिमा उल्लेख छ। विभागले यो निर्देशिका देशैभरि लागू भइसकेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल