FLASH NEWS
  • Loading...

महिला मन्त्रालयको हटाएर ‘सदाचार र दुष्कर्म’ मन्त्रालय राखियो !

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७८ पटक पढिएको
महिला मन्त्रालयको हटाएर ‘सदाचार र दुष्कर्म’ मन्त्रालय राखियो !

काबुल (बीबीसी)। तालिबानले अफगानिस्तानमा महिला मन्त्रालय हटाएर गरेर त्यसको साटो कडा धार्मिक मान्यताहरू कार्यान्वयन गराउने निकाय राखेको बताइएको छ।

शुक्रवार तालिबानले महिला मन्त्रालयको नाम मेटेर सदाचार र दुष्कर्म मन्त्रालयको नाम राखेका थिए।

सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा महिला कर्मचारीहरूले कार्यालयबाहिर आफूहरूलाई काममा फर्काउन तालिबानसँग अनुनय गरिरहेको देखिन्छ।

सन् १९९० को दशकताका तालिबान शासन अवधिमा उक्त मन्त्रालयले कठोर इस्लामिक नियमहरू पालना गराउनुका साथै महिलाहरूमाथि कडा प्रतिबन्धहरू लगाएको थियो।

विवादास्पद मन्त्रालय

निरन्तरको सङ्घर्षपछि विगत २० वर्षमा अफगान महिलाहरूले आधारभूत अधिकारहरू पाएका थिए। तर पुरुषहरूले मात्र नेतृत्व गरेको तालिबान अन्तरिम सरकारले आफूहरूको पाएको अधिकार फेरि कटौती गर्ने डर महिलाहरूमा छ।

काबुलस्थित बीबीसीका प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डूसे अफगानिस्तानमा आएको परिवर्तन बुझेर अघि बढ्ने वाचा गरेको भए पनि तालिबानको कामगराइ फरक देखिएको छ।

असन्तुष्टिको स्वरलाई दमन गरिएको, हिंसाको माध्यमबाट महिला र किशोरीसहित नागरिकहरूलाई विभिन्न प्रतिबन्ध लगाइएको र समाजमा अविश्वास तथा डर फैलाइएको भन्दै यसअघि पनि मानवाधिकारवादी समूहहरूले सदाचार र दुष्कर्म मन्त्रालयको विरोध गरेका थिए।

तर तालिबानका सदस्यहरूले यो संस्थाको प्रतिरक्षा गर्दै आएका छन्।

“यसको मुख्य उद्देश्य नै इस्लामको सेवा हो। त्यस कारण पनि सदाचार र दुष्कर्म मन्त्रालय राख्न अनिवार्य छ,” तालिबानका एक सदस्य मोहम्मद युसुफले न्यूयोर्क पोस्टलाई भने।

सदाचार र दुष्कर्म मन्त्रालयले के गर्छ

काबुलको परिसरमा राखिएको नयाँ बोर्डअनुसार मन्त्रालयको पूरा नाम सदाचारको प्रवर्धन र दुष्कर्मको नियन्त्रण मन्त्रालय हो।

यो मन्त्रालय तालिबानको पहिलो शासनकालभन्दा अघिबाटै अस्तित्वमा थियो। तर तालिबानले सन् १९९६ देखि २००१ बीचको आफ्नो शासनकालमा यसको विस्तार गर्‍यो।

यो मन्त्रालयको जिम्मा शरिया कानुन भनिने तालिबानले व्याख्या गर्दै आएको कठोर इस्लामिक कानुन कार्यान्वयनका लागि सडकमा कथित नैतिकता प्रहरी परिचालन गर्नु थियो।

पुरुष अभिभावकबिना घरबाहिर निस्किएका र उनीहरूको व्याख्यामा “अशिष्ट” पहिरन लगाएका महिलाहरूलाई कुटपिट गरेपछि यो प्रहरी सबैतिर चिनिएको थियो।

महिलाहरूले प्राथमिक तहभन्दा माथि पढ्न नपाउने नियम तालिबानले फेरि दोहोर्‍याउन लागेको बताइएको छ।

यसअघि यो मन्त्रालय रहँदा सङ्गीत र नृत्य लगायतका मनोरञ्जनमा रोक थियो भने बुद्धिचाल खेल्न र चङ्गा उडाउन पनि प्रतिबन्ध लगाइएको थियो।

प्रार्थनाको समय कडाइका साथ पालना गरिनुपर्थ्यो भने पुरुषहरूलाई दाह्री पाल्न अनिवार्य गरिएको थियो। पश्चिमा शैलीको कपाल काट्न पनि अनुमति थिएन।

नियम उल्लङ्घन गर्ने जोसुकैलाई कसुर हेरी कोर्रा लगाउने, कुट्ने, हातखुट्टा काटिदिने र सार्वजनिक स्थानमा फाँसी दिनेसम्मको सजाय दिइन्थ्यो।

काबुलमा रहेका दुई तालिबान सदस्यहरूले वाशिङ्टन पोस्टसँगको कुराकानीमा तालिबानले पहिलेकै जस्तो बल प्रयोग गर्ने कल्पना समेत आफूहरूले नगरेको बताए। उनीहरूले यस्ता नियमहरू कार्यान्वयन गराउन प्रहरी र लडाकुहरू परिचालन नहुने आफूहरूको अपेक्षा रहेको बताए।

अमेरिकी नेतृत्वको सेना सन् २००१ मा अफगानिस्तान प्रवेश गरेपछि यो मन्त्रालय विघटन गरिएको थियो। तर यथास्थितिवादीहरूको ठूलो दबावपछि राष्ट्रपति हामिद कारजाईले सन् २००६ मा सो मन्त्रालय पुनः स्थापना गरे।

त्यस बेला ह्यूमन राइट्स वाच नामक मानवाधिकारवादी संस्थाले यो मन्त्रालयलाई “मनोमानी दुर्व्यवहारको कुख्यात प्रतीक”को सङ्ज्ञा दिएको थियो।

अफगान महिलाहरूले के गर्नुपर्छ

महिला मामिला मन्त्रालयको परिसरमा काम गर्दै आएका महिला कर्मचारीहरूले आफूहरू हप्तौँदेखि कार्यालयबाहिरै रोकिएको तर काममा फर्किन प्रयास गरिरहेको बताएका छन्।

“महिलाको लागि अब यहाँ केही पनि बाँकी रहनेछैन। हामीले हाम्रो परिवार पनि हेरिरहेका छौँ। हामी सबै जना शिक्षित छौँ र घरमै थुनिएर बस्न चाहँदैनौँ,” एक महिला कर्मचारीले भनिन्।

तालिबान अधिकारीहरूले आफ्नो नयाँ सरकारमा इस्लामिक धार्मिक कानुनको सीमाभित्र रहेर महिलाहरूले पढ्न र काम गर्न पाउने बताएका छन्।

समाचारहरूका अनुसार महिलाहरूलाई सुरक्षा अवस्था सामान्य नबन्दासम्म घरमै बस्न भनिएको छ। पुरुषहरूले मात्रै नेतृत्व गरेको अन्तरिम सरकारको विरोधमा प्रदर्शनमा ओर्लिएका महिलाहरूलाई यसअघि तालिबान लडाकुहरूले कुटपिट गरेका थिए।

“जब त्यहाँ मन्त्रालय नै रहन्न भने अफगान महिलाहरूले के गर्ने? उनीहरूको विवेकले महिलाहरू सडकमा भिक्षा मागेर बस्न मात्रै सहमति दिने हो,” त्यही परिसरमा भेटिएकी अर्की एक महिलाको आक्रोश थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल