FLASH NEWS
  • Loading...

पुनहिलमा आउन थाले पर्यटक

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २५२ पटक पढिएको
पुनहिलमा आउन थाले पर्यटक

कोरोना कहरपछि लकडाउनयता सुनसान अन्नपूर्ण चक्रिय पदमार्गको प्रमुख गन्तब्य घोडेपानी/पुनहिलमा छिटफुट विदेशी पर्यटक देखिन थालेका छन ।
अन्नपूर्ण गाउँपालिका, ६ घोरेपानीका पर्यटन ब्यवसायीका अनुसार लकडाउन सुरु भएपछि यो हप्ता घोरेपानी/पुनहिलमा युक्रेन, वेलायत, चिनियाँ र अन्य युरेपेली देशका चार–पाँच समुहका २५–३० जना विदेशी पर्यटक पुनहिल आएका हुन ।
‘कोरोना कहरले सुरु भएको लकडाउनपछि भदौ २३ गते विदेशी पर्यटकलाई स्वागत गरियो । धेरै समयपछि पर्यटकलाई स्वागत गर्दा खुसी लागेको छ । अव सँधै यसरी नै पर्यटकलाई सत्कार गर्न पाईयोस भनेर मनमनै प्राथना गरें’ घोरेपानीका पर्यटन ब्यवसायी तारा पुनले भनिन, ‘अव धेरैले कोरोना विरुद्धको खोप लगाई सकेकोले अन्र्तराष्ट्रिय उडान खुल्ला गरे पर्यटक आउने थिए । पर्यटन क्षेत्र फेरी व्युँतिने थियो ।’
०७६ फागुनपछि पहिलो पटक प्रतिकुल मौषममा पनि पोखराबाट विरेठाँटी उल्लेरीहुँदै घोरेपानी/पुनहिल आएका पर्यटकमध्य केही खोप्रा र केही तातोपानीहुँदै मुस्ताङ तर्फ लागेका छन । २०२३/२५ सालदेखी पर्यटक स्वागत गर्न थालेपछि कुनै दिन पर्यटकले खाली नभएको पुनहिल/घोरेपानीमा पहिलो पटक डेढ वर्षदेखी विदेशी पर्यटक विहिन रह्यो ।


पर्यटन सिजनको संघारमा विदेशी पर्यटक देखिन थालेपछि पर्यटकीय क्षेत्रमा उत्साह देखिएको छ । विदेशमा धेरैले कोरोना विरुद्धको खोप लगाईसकेकोले अव बाह्य पर्यटक आउँछन भन्ने ब्यवसायीले ठानेका छन । कोरोना विरुद्धको खोप लगाएका विदेशीलाई पर्यटककालागी क्वारेन्टाईन नबसी घुम्न दिने गरी अनअराईभल भिसा खुल्ला भएसँगै पर्यटक आउन थालेका हुन ।
त्यसैगरी सेभेन समिट, पायोनियर र डोल्मा ट्रेक्सबाट धवालागिरी प्रथम हिमाल आरोहण गर्न आएका करिव ५० जना पर्यटकहरु पनि पुनहिलबाट तातोपानीहुँदै संसारको सर्वाधिक गहिरो गल्छीमा अवस्थित दाना पुगेका छन । दानाका होटल ब्यवसायी इन्द्रसिं शेरचनका अनुसार आरोहण टोली मुस्ताङको मार्फाबाट याकखर्क, हिडनभ्याली हुँदै धवलागिरी वेस क्याम्प जान हिंडेको हो ।
धौलागिरी र अन्नपुर्ण हिमालको घेरो र सुर्योदय तथा सुर्यास्त हेर्ने पर्यटकले सँधै भरिभराई हुने ३ हजार दुई सय १० मिटर उचाईको अवस्थित पुनहिल डाँडोमा यतिवेला सुनसान छ । वरीपरीका उल्लेरी, राम्चे, नाङ्गी, हिस्तान, खिवाङ्ग, शिख, हिस्तान, स्वांत आदी गाउँमा पुन (मगर) को वाहुल्य छ । तिनीहरुकै डाँडो भएकोले पुन(मगर) हिल (डाँडो) भनिएको हो । नयाँ नामाकरण गर्नु पहिले यस डाँडोलाइ स्थानियले लुङतुङ डाँडो भन्ने गर्थे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल