FLASH NEWS
  • Loading...

एमाले विवाद समाधानतर्फ : दश जना स्थायी कमिटी सदस्यले छाेडे नेपालकाे साथ

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २०३ पटक पढिएको
एमाले विवाद समाधानतर्फ : दश जना स्थायी कमिटी सदस्यले छाेडे नेपालकाे साथ

पार्टी विभाजनपछि माधव नेपालको साथ छोडेका तर अध्यक्ष केपी शर्मा ओलीसँग विश्वस्त हुन नसकेका एमालेका एकता पक्षधर भनिएका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भीम आचार्य, अमृत बोहोरा, योगेश भट्टराई, गोकर्ण विष्ट तथा रघुजीपन्तसहितका नेताहरु अन्ततः एमालेमै रहन सहमत भएका छन्।

उनीहरु लामो समयपछि एमाले स्थायी कमिटी बैठकमा सहभागी हुन समेत सहमत भएका छन्। सोमबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा एकता पक्षधर नेताहरुले पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न ओली सकारात्मक रहेपछि मंगलबार बस्ने स्थायी कमिटी बैठकमा रावललगायतका सबै नेता सहभागी हुन सहमत भएको सचिव योगेश भट्टराईले जानकारी दिए।

उनीहरुले माधव नेपालसहित ११ जना सांसदमाथि गरिएको कारवाही फिर्ता लिएर एकताको वातावरण बनाउन अध्यक्ष ओलीलाई आग्रह गरेका थिए। प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाल निकै अगाडि बढिसकेकाले फेरि पार्टीमा फर्किने कुरामा विश्वास नभएको बताए।

यसअघि एकता पक्षधरका नेताहरुले दश बुँदे सहमति कार्यान्वयनका लागि मंगलबारसम्मको समयसीमा दिएका थिए। त्यसअघि सोमबार दिउँसो भएको ‘निर्णायक वार्ता’ दश बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति पछि मंगलबार बस्ने स्थायी कमिटी बैठकमा नेताहरु सहभागी हुन सहमत भएका हुन्।

छलफलमा पार्टी एकता पक्षधर माधव नेपाल पक्ष भनिएका सबै स्थायी कमिटी सदस्य सहभागी थिए संस्थापन पक्षबाट अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल सहभागी थिए भने छलफलकै बीचमा प्रदीप ज्ञवाली पनि सहभागी भएका थिए ।

सहमतिअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ। योसँगै एमालेको जारी विवाद अन्त्य भएको अनुमान गरिएको छ।

गत फागुनमा सर्वोच्च अदालतले नेकपालाई अवैधानिक भन्दै पूर्व माओवादी र एमालेलाई अलग अलग गराएपछि मिल्न नसकेको नेकपा एमाले अन्ततः फुटेको छ। माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन अयोगमा निवेदन दिएका छन्। डिसीनेपालबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल