FLASH NEWS
  • Loading...

प्रहरीमा यसरी चाेरिए प्रश्न पत्र, हाकिमहरू पनि छानवीनमा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १६७ पटक पढिएको
प्रहरीमा यसरी चाेरिए प्रश्न पत्र, हाकिमहरू पनि छानवीनमा

डिसी नेपाल

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने पूर्व छनोट (प्रि–स्याट) परीक्षाको प्रश्न पत्र यूएन शाखाकै परिचरले चोरेर डिएसपीलाई दिएको खुलेको छ।

साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार साहलाई तिर्नुपर्ने एक लाख मिनाह गरिदिने शर्तमा परिचर सुरेश बलमे साहलाई दिएको र साहले डिएसपी रुपेश खड्कालाई घरमै लगिदिएका थिए।

यूएन शाखाबाट साइबर व्यूरोमा सरुवा भएका हवल्दार शाहकै पूर्व योजनामा सो प्रश्न पत्र बमले चोरेका थिए। एसपी अनुप शमशेर राणाको घर्राबाट बमले चावी मिलाएर चोरेर साहलाई दिएका हुन्।

डिआइजी वसन्त लामाको समितिले छानवीन गर्दा परिचर बमले चोरेर साहलाई दिएको बयान दिएका थिए। साहले भने आफैं डिएसपी खड्कालाई घरमै पुर्‍याउन गएको बताएका छन्। अहिले बम र शाह दुवै जना नियन्त्रणमा छन् भने खड्कासहित ३० प्रहरी अधिकारीहरु छानवीनको दायरामा छन्।

‘प्रश्नपत्र लिक गर्न साहले बमलाई दिएको एक लाख रुपैयाँ ऋण मिनाहा गरिदिने, परीक्षा पास भएर मिशनमा जानेबाट थप रकम उपलब्ध गराइदिने शर्त रहेछ’, छानवीन समितिका एक सदस्यले भने।

भर्खरै सइबाट इन्स्पेक्टरमा बढुवा भएका जनक शाहले भने सो प्रश्न पत्र आफ्नो ज्वाइँ र सालोलाई पनि दिएका थिए। हवल्दार साहले भनेपछि बमले परीक्षाको दुई दिन पहिले राति ८ बजे प्रश्नपत्र फोटोकपी गरेको खुलेको छ। प्रश्नपत्र रहेको दराजको चाबी परिचरसँग पनि थियो।

यसअघि संलग्नता रहेको आशंका गरिएका यूएन शाखाकै डीएसपी वासुदेब पाठकको भने संलग्नता नरहेको छानबिन समितिले जनाएको छ। प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीएसपी रुपेश खड्काको भने संलग्नता देखिएको प्रहरीले जनाएको छ।

‘खड्काकै योजनामा प्रश्नपत्र चोरी भएको देखिन्छ यस्तो अझै पनि छानवीनमै छौ’, छानवीनमा संलग्न एक अधिकारीले भने। रुपेशलाई आफूले प्रश्नपत्र दिएको हवल्दार शाहले स्वीकार गरेका छन्। रुपेश र कुमार पहिले यूएन शाखामै कार्यरत थिए। केही समय पहिले उनीहरूको सरुवा भएको थियो।

प्रश्नपत्र बाहिरिएको प्रकरणमा ३० बढी प्रहरी जोडिएको छानबिन स्रोतले जनाएको छ। ‘यो प्रकरणमा मुख्य भूमिका हवल्दार साह र परिचर बमको देखिएको भएपनि उनीहरुलाई उत्प्रेरित गर्ने र चोर्न लगाउने सबैलाई छानवीनमा तानिएको छ त्यसमा पनि प्रमुख योजनाकारको को हो अझै छानवीन गर्दैछौं’, प्रहरी प्रधानकार्यालयले स्रोतले भन्यो।

परीक्षा सञ्चालनको तयारी भइरहँदा गत शनिबार यूएन शाखाकै एक अधिकारीसम्म प्रश्नपत्र पुगेको थियो। उनी पनि परीक्षा दिने तयारीमा थिए। उनले यो प्रश्नपत्र कहाँबाट आयो भनेर सोधे। ती प्रहरीले आफूलाई अर्कैले पठाएको भनेर नाम दिए। ती अधिकारीले यूएन शाखा प्रमुखलाई त्यो प्रश्नपत्र सही हो कि होइन भनेर निश्चित गर्दा प्रश्नपत्र बाहिरिएको थियो।

त्यस लगतै परीक्षा सञ्चालक समितिले अर्कै प्रश्नपत्र वितरण गरेर ढिलो गरी परीक्षा सञ्चालन गरेको थियो। पहिल्यै प्रश्नपत्र भेटिएका अधिकारीलाई भने तत्काल नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो। प्रश्नपत्र उपत्यका बाहिर पनि प्रश्न पत्र पुगेको पाइएपछि त्यताबाट पनि बोलाएर सोधपुछ भैरहेको छानवीनमा संलग्न प्रहरी अधिकारीले बताए।

यसअघि सन २०१८ पनि प्रि–स्याट परीक्षाको प्रश्नपत्र बाहिरिएको थियो। त्यसबेला परीक्षानै रद्द भएको थियो। अहिले भने बाहिरिएको प्रश्नपत्रबारे छानवीन चलिरहेका कारण प्रहरी प्रधानकार्यालयले केही बताएको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल