FLASH NEWS
  • Loading...

एमालेमा ओली – नेपाल रमिता ?

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २२२ पटक पढिएको
एमालेमा ओली – नेपाल रमिता ?

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको टकरावका कारण पार्टी संकटमा छ । पार्टीबाट हटाउने आँट नगर्ने ओली र फुटाउने जोखिम नमोल्ने नेपाल प्रवृतिका कारण पार्टी अप्ठेरोमा अड्किरहेको छ ।

सत्तामा छँदा रमिता देखाएर लोक हँसाएका एमाले पार्टीले सत्ताबाट खसेर सडकमा पुगिसकेको अवस्थामा पनि रमिता देखाउन छोडेको छैन । अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको जुंगाको लडाईले न एमालेका नेता, कार्यकर्ता र शुभेच्छुकको अपेक्षा बमोजिम एकताबद्ध भएर अघि बढ्न सकेको छ न त एमालेको विभाजनमा आफ्नो भविष्य देख्ने शक्तिहरुको इच्छाबमोजिम औपचारिक रुपमा फुटेर आ–आफ्नो बाटो लागेका छन् । बरु, नेतृत्वलाई ठाडो दोष लगाउन हिचकिचाएका दोस्रो तहका नेताहरु स्वयम आफैलाई पनि दोषी करार गरिरहेका छन् ।

निष्कासनको घोषणा गर्ने तर कार्यान्वन गर्नेबेलामा पछि हट्ने गरेका ओलीले नेपाललाई घरको बार्तलीबाट समेत गर्नु गाली गरे । अनि बेग्लै दलको अभ्यास गरिरहेका नेपाल पनि अनेक असहजताका बाबजुद पनि औपचारिक विभाजन गर्ने साहस देखाएका छैनन् ।

वैधानिक हिसाबले एमाले प्रतिपक्षमा पुगेको छ तर एमाले अहिले सत्तारुढ गठबन्धनमा पनि सामेल छ । सत्तारुढ गठबन्धनको बैठकमा पनि एमालेको एउटा समूह सहभागी छ । अनि संसद्को सबैभन्दा ठूलो दल रहेको एमालेको वैधानिक हैसियत प्रमुख प्रतिपक्षी दल हो । ओली र नेपालको एकअर्कालाई गलाउने खेलमा एमाले पार्टी नै गलिसकेको छ ।

सत्ताबाट सडकमा झरेको एमालेको विवाद पार्टी भित्र मात्र सिमित छैन । संघीय संसद र प्रदेश सभामा पनि त्यसको अभ्यास भएको सवैसामु छर्लंग छ । बैधानीक रुपमा नफुटेपनि एमाले अहिले दुई धुर्वमा विभाजित छ । जसका कारण बहुमत हुँदा पनि कर्णाली र गण्डकीको सत्ता विपक्षको हातमा पुगेको छ । लुम्विनीको विवादले त्यहाँ पनि सरकार परिवर्तन हुने संकेत देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल