- Loading...
गण्डकी सत्तासंघर्ष विपक्षी गठबन्धनका ३१ जना सांसदहरु पुगे प्रदेश प्रमुखको कार्यालय
- पुनहिल डट कम
- ४ साल अघि
- २०२ पटक पढिएको

गण्डकीमा नयाँ सरकार बनाउनका लागि प्रदेश प्रमुखले दिएको २४ घण्टाको समय सीमा सकिएको छ। सरकार बनाउनका लागि विपक्षी गठबन्धनले बहुमत (३१) सांसद सशरिर उपस्थिति जनाएर शुक्रबार नै सरकार बनाउने दावी पेश गरेको थियो भने शनिबार कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि सरकार बनाउने दावी गरेका छन्। गुरुङले पदमुक्त भइसकेका जनमोर्चाका सांसदकोसमेत समर्थनमा सरकार बनाउने दावी गरेपछि विपक्षीहरु सशंकित भएका छन्।
विपक्षी गठबन्धनका सांसदहरु यतिबेला प्रदेश प्रमुखको कार्यालय पुगेका छन्। जनमोर्चाकी संसदीय दलकी नेता पियारी थापाले आफूहरु ३१ जना नै सांसदहरु अहिले प्रदेश प्रमुखको कार्यालयको प्रांगणमा रहेको डिसी नेपाललाई जानकारी दिइन्।
उता गुरुङले सरकार बनाउने दावी गरेपछि काँग्रेसले केन्द्रकै जस्तो घटना नदोहोरियोस भन्दै सचेत गराएको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै लेखेका छन्, ‘होसियार! शीतल निवासकोझैं षड्यन्त्र पोखरामा नदोहोरियोस् ! कब्जा शैलिमा रास्ट्रपतिको दुरुपयोगझैं विश्वासको मत दुइदिन अघि गुमाएका ब्यक्तिको पुनः मुख्यमन्त्रीमा दाबाले षड्यन्त्रको आशंका बढाएको छ। तस्वीर बोल्छ बहुमतको हस्ताक्षर मात्र होइन बहुमत ३१ सांसदको उपस्थिति कहाँ छ ?’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
