FLASH NEWS
  • Loading...

अन्नपुर्ण हिमालकाे किर्तिमानी महिला अाराेही टोलीलाई सम्मान

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २५८ पटक पढिएको
अन्नपुर्ण हिमालकाे किर्तिमानी महिला अाराेही टोलीलाई सम्मान

विश्वको दसौं अग्लो ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण (प्रथम) हिमालकाे चुचुरोमा मानव पाइला पुगेको ७१ वर्षपछि पहिलोपटक ६ नेपाली महिला मध्यकी एक  पत्रकार पुुर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सम्मान गरिएको छ।

अन्नपूर्ण गाउँपालिकाले प्रर्वद्धन गरेको यस पदमार्ग अन्नपूर्ण हिमालको पहिलो आरोहीको सम्मानमा ‘मौरिस हर्गाज अन्नपूर्ण नर्थ पदमार्ग’ प्रयाेगगरी प्रव्दन गरेकाे भन्दै  अन्नपूर्णा गाउँपालिका स्थानीय अामा समुह र बेनीमा नेपाल पत्रकार महासंघ म्याग्दीले किर्तिमानी अाराेहीकाे स्वागत तथा सम्मान गरेको हो।

विदेशी आरोहीहरूको सहयोगीका रूपमा गएका गोरखा अारुघाटकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, ओखलढुंगाकी माया शेर्पा, दोलखाकी दावा याङजेन शेर्पा, दावा फुटी शेर्पा, काभ्रेकी शर्मिला तामाङ र सोलुखुम्बुकी पासाङ ल्हामु शेर्पाले म्याग्दीको अन्नपुर्ण गाउँपालिका – ४ नारच्याङकाे बाटाे भएर अन्नपूर्णा हिमालकाे उत्तरी माेहाेडाबाट बैशाख ३ गते अाराेहण गरेका थिए । उनीहरू यस सिजनमा अन्नपूर्ण हिमाल आरोहण दलमा सदस्यका रूपमा नभई पथप्रदर्शक र उचाइका कामदारको भूमिकामा गएका थिए ।

विदेशी आरोहीहरूको सहयोगीका रूपमा अन्नपूर्ण अाराेहणमा गएपनि महिला पर्वताराेही श्रेष्ठलाइ गण्डकी प्रदेश सरकारले ८ लाख र म्याग्दीकाे अन्नपूर्ण गापाले ४ लाख रुपैया अाराेहीकाे हैसियतमा अनुदान दिएका थिए । आरोहणको हिसावले सवैभन्दा कठिन, अधिक हिमपहिरो गैरहने र किलर माउण्टेनको रुपमा चिनिएको अन्नपूर्ण हिमालमा नेपाली महिलाले  आरोहण गरी किर्तिमान कायम गरेका थिए ।

अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न मुस्ताङ्गको घाँसाहुँदै जाने प्रचलित नर्थ वेस क्याम्पको कठिन, जोखिमपूर्ण र १४ दिन लामो पदमार्गको विकल्पमा सहज, सुविधा युक्त, ६ छोटो अझ हिमाल फेदीसम्म गाडी चढेरै जाने हो भने ३ दिनमा अन्नपूर्ण नर्थ वेस क्याम्प सजिलै पुग्न सकिन्छ । अन्नपूर्ण नर्थ वेस क्याम्प निलगिरी साउथको पनि साझा वेस क्याम्प हो ।

पोखराबाट ७६ किलोमिटर गाडीमा बेनी र बेनी–जोमसोम सडकको २४ किलोमिटर कालीगण्डकी नदी पछ्याउँदै उत्तर लागेपछि पुगिन्छ, नारच्याङ वेंशी (१३३० मी) । नारच्याङ अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्ने मौरिस हर्जोग पदमार्गको पहिलो र अन्तीम वस्ती हो । अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्न नारच्याङबाट दुई वटा विकल्प छन, पैदल वा गाडी ।

कच्ची सडकमा निलगिरीखोला जलविधुत आायोजनाको मुहान रहेको छोटेपासम्म गाडीमा गै त्यहाँबाट निलगिरी र अन्नपूर्ण हिमालबाट झर्ने हुमखोला दोभान (२८८३ मी) मा बास बस्न पुगिन्छ । हुमखोलाबाट दोस्रो दिन भुस्केटमेला (३६५९मी) तेस्रो दिन अन्नपूर्ण र निलगिरीको संयुक्त वेस क्याम्प पुग्न सकिन्छ । चौंथा दिन अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्न सकिन्छ ।

पैदल यात्रा गर्ने हो भने, नारच्याङवेंशीबाट पहिलो दिन लेकगाउँहुँदै कालोखोला, दोस्रो दिन छोटेपा, तेस्रो दिन हुमखोला, चौंथो दिन साँधीखर्क, पाचौं दिन भुस्केटमेला र छैठौं दिन अन्नपूर्ण र निलगिरीको संयुक्त वेस क्याम्प र सातौं दिन अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्न सकिन्छ ।
अन्नपूर्ण चक्रिय पदमार्गको विकल्पमा संञ्चालनमा ल्याईएको नारच्याङ–घाँसा–जोमसोम–मुक्तिनाथ बैकल्पिक पदमार्ग, तातोपानी–खोप्रा–महरे–नागी सामुदायीक पदमार्ग र अन्नपूर्ण नर्थ वेस क्याम्प पदमार्गको प्रस्थान विन्दु नारच्याङ्ग हो ।

‘गाउँमा पर्यटक आउन थालेपछि स्थानियले टि हाउस, रेष्टुरेन्ट र होटल/लज खोल्न थालेका छन । विभिन्न निकायको आर्थिक सहयोगमा स्थानीयले श्रमदान गरी पदमार्गमा आधारभुत पूर्वाधार निर्माण तथा ब्यवस्थापन सुरु गरेका छौं’ पर्यटन ब्यवसायी तेजबहादुर गुरुङ्गले भने, ‘विभिन्न चोक र गल्लीमा पदमार्गका ठाउँ–ठाउँमा सूचना नक्सा राख्न थालेका छौं । लुकेको वस्तीका पदमार्ग पर्यटककालागी ‘भर्जिन गन्तब्य’ पनि हुन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल