FLASH NEWS
  • Loading...

परिवारले शव बुझ्न नमानेपछि विप्लव समुहका जगेन्द्र (जगत) पुनको शव तीन महिनादेखी अस्पतालमा अलपत्र

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३४३ पटक पढिएको
परिवारले शव बुझ्न नमानेपछि विप्लव समुहका जगेन्द्र (जगत) पुनको शव तीन महिनादेखी अस्पतालमा अलपत्र

सरकार र नेकपा नेत्र विक्रम चन्द ‘विप्लव’ समुह विच सहमतिपछि विभिन्न मुद्धामा जेल तथा प्रहरी हिरासतमा कार्यकर्ता धमाधम रिहा भैरहँदा उपचार नपाएर कारागारमै मृत्यु भएका एक कार्यकर्ताको शव भने तीन महिनादेखी अस्पतालमा अलपत्र छ ।

आस्थाको वन्दीलाई उपचार गर्न नदिई मृत्यु हुन बाध्य पारिएकोले न्यायिक छानवीनको माग गर्दै परिवारका सदस्यले  वुझन नमानेपछि विप्लव कार्यकर्ता पुनको शव तीन महिनादेखी पोखरा स्थित गण्डकी अस्पतालमा अलपत्र परेको छ । अभद्र ब्यवहार सम्बन्धी मुद्धामा ०७६ फागुन ९ गते अभद्र ब्यवहार सम्बन्धी अपराध मुद्धामा घरबाटै पक्राउ परेका मालिका गाउँपालिका, ३ रुमका ५८ बर्षिय जगेन्द्र (जगत) पुनको गत मंसिर २८ गते उपचारक्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको थियो ।
कारागार प्रशासनले आस्थाका वन्दीलाई अमानवीय ब्यवहार गरी समयमै औषधोउपचार गर्न नदिएको कारण मृत्यु भएकोले न्यायोचित अनसन्धान गरी दोषीमाथी कार्वाहीको माग राखी आफन्तले शव बुझ्न अस्वीकार गर्दै आएका छन ।
‘सरकारको प्रचलित कानुन अनुसार कारागारमा सँजाय भोगिरहेको आस्थाको वन्दीका मानवीय कानुनको न्युनतम पालना नगरी औषधी उपचार अधिकारबाट विमुख गरी मृत्यु हुन बाध्य पारेकोले न्यायोचित छानविन र दोषीलाई कारवाही नभए, हामीले शव किन बुझ्ने ? जेठा छोरा हिमाल पुनले भने, ‘सरकार र विप्तल समुह विच बर्ता र सम्झौता भएको बारेमा जानकारी छैन । पार्टीले पनि लामो समयदेखी सम्पर्क पनि गरेको छैन । हाम्रा बाबाको मृत शवले न्यान पाउनु पर्छ ।’
पर्वत कारागारमा बन्दी रहेका नेता पुन गत मंसिर २४ गते पर्वत जेलभित्र अकस्मात वेहोस भै ढलेपछि पर्वत अस्पतालहुँदै गण्डकी अस्पताल पोगरा पुर्‍याईएको भेन्टीलेटरमा राखी उपचार क्रममा मंसिर २८ गते मृत्यु भएको थियो ।
विप्लव समुहका जिल्ला जनसरकार प्रमुख समेत रहेका पुन विरुद्ध दर्ता भएको गौहत्या मुद्धामा जिल्ला अदालतको आदेश अनुसार ५४ हजार धरौटी बुझाई छुटे लगत्तै गेटवाटै दोस्रो पटक पक्राउ प्रहरीले गरि अभद्र ब्यवहार मुद्धा चलाईएको थियो । अभद्र ब्यवहार सम्बन्ध
ी मुद्धामा अदालतले मागेको १ लाख १८ धरौटी घरजग्गा रोक्का राखी धरौटीमा छुटे लगत्तै पुनलाई प्रहरीले तेस्रो पटक पक्राउ गरी दुब्र्यवहार सम्बन्धी मुद्धा पर्वत स्थानन्त्रण गरेको थियो । पर्वत जिल्ला अदालतले मागेको ५० हजार धरौटी बुझाउन नसकेपछि पुनलाई कात्तिक तेस्रो साता पर्वत कारागारमा बन्दी बनाईएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल