FLASH NEWS
  • Loading...

देउवाको प्रश्न : जुलुसले हुने भए किन चाहियो अदालत?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ५०० पटक पढिएको
देउवाको प्रश्न : जुलुसले हुने भए किन चाहियो अदालत?

प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसलाई प्रभावित पार्ने गरी जुलुस धर्ना गर्न नहुने जनाएका छन्।

कांग्रेसको आदिवासी जनजाति विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले “जुलुसले हुने भए किन चाहियो अदालत?” भन्ने प्रश्न गर्दै सर्वोच्चको फैसलाको प्रतीक्षा गर्नुको विकल्प नभएको बताएका हुन्। गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको विषयमा देउवाले यो पछिल्लो टिप्पणी गरेका हुन्।

“सर्वोच्च अदालतमा मुद्दा छ, यहाँ नारा लगाएर यही गर भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौं, जुलुसले हुने भए किन चाहियो अदालत,” देउवाले प्रश्न गर्दै भनेका छन्, “अहिले भए पनि दुई वर्षपछि भए पनि मुलुकमा निर्वाचन हुन्छ, लोकतान्त्रिक पार्टी निर्वाचनका लागि सधैँ तयार हुनुपर्छ।”

कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले अदालतको विरोध गर्ने तथा निर्वाचनको विपक्षमा उभिने काम गर्न नहुने पनि सभापति देउवाको भनाइ छ।

गत आम निर्वाचनमा आफ्नो पार्टी पराजय हुनेछ भन्ने जान्दाजान्दै पनि निर्वाचन गराएको स्मरण गर्दै सभापति देउवाले निर्वाचनको विरोधमा अभिव्यक्ति नदिन पनि निर्देशन दिएका छन्। विभाग प्रमुख तथा केन्द्रीय सदस्य सीता गुरुङको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेर आन्दोलनमा नजाने र सर्वोच्चको निर्णयको प्रतीक्षा गनुपर्ने देउवाले पुनः दोहो¥याएका छन्।

उक्त कार्यक्रममा उपसभापति विमलेन्द्र निधि र प्रकाशशरण महतलगायतले पुनर्स्थापना वा निर्वाचन जे निर्णय गरे पनि सर्वोच्च अदालतले चाँडै जवाफ दिनुपर्नेमा जोड गरेका थिए। प्रतिनिधिसभा विघटनको विरोधमा वडास्तरसम्म कार्यक्रम सञ्चालन गरिरहेको जनाउँदै नेतृत्वले त्यसलाई निर्वाचनमुखी बनाउन पनि निर्देशन दिएका छन्। dekhapadhi.com

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल