FLASH NEWS
  • Loading...

नदीजन्य पदार्थ अवैध विक्रि गर्ने क्रसरलाई बयानकालागी बोलाईयो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४१ पटक पढिएको
नदीजन्य पदार्थ अवैध विक्रि गर्ने क्रसरलाई बयानकालागी बोलाईयो

बेनी–जोमसोम सडकको बेनी–तातोपानी खण्ड निर्माणमा संलग्न ब्यवसायीले नदीजन्य पदार्थको अवैध ब्यापार गर्ने गरेको फेला परेको छ ।
रघुगंगा गाउँपालिका, १ बेगखोलाबाट नदीजन्य पदार्थ उत्खनन गरी विक्रि गर्न लैजादै गरेको अवस्थामा शसस्त्र प्रहरीलको गस्ती टोलीले ना ८ ख ४२०७ र ना ८ ख ४२०८ नम्बरका दुई वटा ट्रिपर सहित नदीजन्य पदार्थ नियन्त्रणमा लिएको हो । जिल्ला समवन्यय समितिले नदीजन्य पदार्थको अवैध विक्रि गर्ने क्रसर उद्योगलाई बयानकालागी बोलाएको छ ।
गिटीवालुवा बेनी नगरपालिका, ९ गलेश्वर स्थित एक निजी घर निर्माणा अवैध रुपमा विक्रि गर्न लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएर जिल्ला समवन्यय ईकाइमा बुझाएको शसस्त्र प्रहरी वल गलेश्वर गुल्म प्रमुख डिएसपी हरी गुरुङले बताए ।
‘सडक निर्माणमा मेट्रियल प्रयोग गर्ने भनी स्थापना भएको क्रसरले अवैध रुपमा नदीजन्य पदार्थ चोरीनिकासी गरिरहेको सूचना आएको थियो । यसपटक हाम्रै ब्यारेक नजिकै ब्यक्तिको घरमा विक्रि भैरहेको फेलापरेपछि ट्रिपर, मेट्रियलसहित नियन्त्रणमा लिएका हौं’ शसस्त्र प्रहरी वल गलेश्वर गुम्मका प्रमुख डिएसपी गुरुङले भने, ‘नियन्त्रणमा लिएको सामाग्री जिससमा बुझाएका छौं । जिससमा ट्रिपर राख्ने स्थान अभाव भएकोले ब्यारेकमै राखिएको छ । कानुनी प्रकृया जिससले गरिरहेको छ ।’
सडक निर्माणमा प्रयोग गर्ने मेट्रियल उत्पादन गर्न बेगखोलामा स्थापना गरिएको ओमकारेश्वर कन्ट्रक्सन प्रालिले नदीजन्य पदार्थको अवैध विक्रि वितरण गर्ने गरेको पाईएको हो । बेनी–जोमसोम सडकको बेनी–घाँसा ३८ किलोमिटर खण्ड शर्मा–युनाईटेड कम्पनीले निर्माण ठेक्का लिएको हो ।
सडक निर्माणमा संलग्न ठेकदारले एउटा प्रयोजनकालागी क्रसर राखेर अवैध रुपमा नदीजन्य सामाग्री उत्खनन गर्ने, विक्रि वितरण गर्ने गरेको यो पहिलो घट्ना होईन । यस अघि गत भदौमा पनि यस सडक निर्माणमा संलग्न ठेकदारले अन्नपूर्ण गाउँपालिका, ६ भीरकाटे खण्डमा कालीगण्डकी नदी किनाराबाट गिटीवालुवाको अवैधरुपमा उत्खननगरी विक्री गरेको भेटिएपछि अन्नपूर्ण गाउँपालिकाले ५० हजार जरीवाना सहित उत्खनन गरिएको सामाग्री जफत गरेको थियो ।
बेनी–जोमसोम सडक खण्डमा निर्माण ब्यवसायीले सडकको भित्ता काट्ने, डिल पुर्ने काम, ग्रेड मिलाउने समेतका काम नहुँदै सडकमा आवश्यक मेट्रियल उत्पादन गर्ने बाहनामा क्रसर राखी डोजर प्रयोग गरी अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने र विक्री वितरण गर्ने गरेका छन ।
‘बेनी–जोमसोम सडकको गलेश्वर–तातोपानी खण्डमा संलग्न ठेकदारले एउटा प्रयोजनका लागी उत्खनन गरिएको भनिएको नदीजन्य पदार्थ अवैध रुपमा विक्रि गर्ने लैजादै गर्दा शसस्त्रले नियन्त्रणमा लिई हामीलाई बुझाएको छ । जिससले ब्यवसायीलाई आईतवार बयानकालागी बोलाएका छौं, छानविनपछि कारवाही हुन्छ’ जिल्ला समवन्यय प्रमुख देवेन्द्रबहादुर केसीले भने, ‘ठेकदारले अधिकारको दुरुपयोग गरेका छन । सडकमा क्रसरबाट उत्पादित नदीजन्य मेट्रियल प्रयोग गर्ने अवस्था नहुँदै सामाग्री दुरुपयोग भएको पहिला पनि गुनासा आएका हुन । अन्नपूर्ण गापाले त कारवाही पनि गरेको हो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल