FLASH NEWS
  • Loading...

चाउचाउ संग्रहालय

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५८ पटक पढिएको
चाउचाउ संग्रहालय

जापानीहरू चाउचाउ खान खुबै मन पराउँछन् । हुँदाहुँदा योकोहामामा चाउचाउ संग्रहालय नै खुलिसकेको छ ।

‘माइ कप नुडल्स फ्याक्ट्री’ नाम राखिएको यो संग्रहालय १० हजार वर्गमिटर क्षेत्रमा फैलिएको छ । संग्रहालयमै हरेक किसिमको नुडल्स खान पाइन्छ । शुभारम्भको दिन चाउचाउ खान पाँच सय जना लाइन लागेका थिए ।

त्यसमा पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमी पनि थिए । निसिन फुडले चाउचाउ संग्रहालय खोलेको यो पहिलोपटक भने होइन । यसअघि ओसाकामा पनि यस्तै संग्रहालय खुलिसकेको छ ।