FLASH NEWS
  • Loading...

विवाह गर्ने भन्दै प्रहरी जवानद्वारा बलात्कार, त्यसपछि हत्या प्रयास !

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २६८ पटक पढिएको
विवाह गर्ने भन्दै प्रहरी जवानद्वारा बलात्कार, त्यसपछि हत्या प्रयास !

डोटीमा एक प्रहरी जवानले एसइइ दिएर बसेकी १५ वर्षीया किशोरीलाई बलात्कार गरी मार्न खोजेको आरोपमा मुद्दा दर्ता गरिएको छ।

जिल्ला प्रहरी कार्यालय जोटीका प्रमुख एसपी जनकराज पाण्डेका अनुसार जिल्लाकै जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरी हत्या गर्न खोजेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमै मुद्धा दर्ता भएको छ।

किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको र त्यसपछि हत्या गर्न खोजेको आरोप लगाइएको छ। जिल्ला प्रहरी कार्यालय प्रमुख पाण्डेका अनुसार किशोरीसँग प्रहरी जवान सिंहले तीन महिनादेखि शारीरिक सम्बन्ध राखेको कात्तिक १३ गते राति किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको पीडितहरुले आरोप लगाएका छन्।

एसपी पाण्डेका अनुसार राति ११ बजे किशोरीको घरमा उनी सुतेकै कोठामा पुगेर बलात्कार गरेको र उनलाई घिसार्दै घरदेखि तल रुखमा झुण्ड्याएको र पछि किशोरी अर्धचेत अवस्थामा भेटिएको उनीहरुले दिएको जाहेरीमा उल्लेख छ।

अचेत अवस्थामा भेटिएकी उनलाई बोकेर उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा गएको र उपचारपश्चात होस आएपछि मात्रै जिल्ला प्रहरी कार्यालयमा आइपुगेर उजुरी दिएको पीडितका आफन्तले बताएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल