FLASH NEWS
  • Loading...

कोरोनाबारे स्वास्थ्य मन्त्रालयले दैनिक जानकारी नदिने

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २४३ पटक पढिएको
कोरोनाबारे स्वास्थ्य मन्त्रालयले दैनिक जानकारी नदिने

कोरोना भाइरसको अवस्थाबारे दैनिक जानकारी दिँदै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि दैनिक जानकारी नदिने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बिहीबारदेखि कोरोना भाइरसबारे दैनिक जानकारी नदिने बताए।

मन्त्रालयले हरेक दिन अपरान्ह सवा ४ बजे प्रेस ब्रिफिंग गर्दै आएको थियो। दशैंका अवसरमा केही दिन बन्द भएको यस्तो ब्रिफिंग बुधबार गरिएको थियो। तर, अब सो ब्रिफिंग दैनिक नगरी सातामा दुई पटकमात्र गरिने प्रवक्ता गौतमले जानकारी दिए।

उनका अनुसार अब आइतबार र बुधबारमात्र मन्त्रालयले प्रेस ब्रिफिंग गर्नेछ। अन्य दिन भने सामाजिक सञ्जाल र भाइबर ग्रुपमा भने अपडेट गराइने छ।

पछिल्लो दिनहरुमा सरकारले कारोना भाइरसबारे लिएको रणनीतिको चर्को आलोचना भइरहेको छ। सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार लक्षित वर्गको मात्र गर्ने निर्णय गरेपछि दैनिक गरिँदै आएको प्रेस ब्रिफिंगकोसमेत आलोचना भएको थियो। सरकारले दैनिक कोरोना संक्रमित र संक्रमणबाट हुने मृत्युको संख्यामात्र गन्ने काम गरेको भन्दै आलोचना भइरहेका बेला स्वास्थ्य मन्त्रालयले व्रिफिंग पनि कटौती गरेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल