- Loading...
बिहे भोजबाट फर्कँदा खुट्टा छिनालियो, अनुसन्धानका लागि ३३ जना प्रहरीको नियन्त्रणमा
- पुनहिल डट कम
- ४ साल अघि
- २८५ पटक पढिएको

दाङ तुलसीपुरका ४५ बर्षीय कुमार (कमारा) बिकलाई भान्जको बिहेभोजबाट घर फर्कदै गर्दा धारिलो हतियार प्रयोगबाट खुट्टा छिनालिएको छ।
दशैंको टीकको दिन सोमबार राति भान्जाको बिहेभोज खाएर घरतर्फ फर्कँदै गर्दा उनीमाथि अज्ञात समूहले आक्रमण गरी खुट्टा छिनालिएको दाङ प्रहरीले जनाएको छ। सो घटनामा प्रहरीले ३३ जना स्थानीय युवालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुरका विकको सोमबार राति खुट्टा छिनालिएको अवस्थामा फेला परेको उनीमाथि आक्रमण गरेको आशंकामा मंगलबारदेखि बुधबार विहानसम्म प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।
तुलसीपुर १० गोलौरीमा दशैको टिकाको दिन राति अपरिचित समुहको धारिलो हतियारको आक्रमणवाट एउटा खुट्टा छिनालिएको अवस्थामा उनलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो।
प्रहरीका अनुसार एउटा खुट्टा छिनालेको तथा दुबै हातमा धारिलो हतियारले छिया छिया हुनेगरी काटिएको अवस्थामा फेला पारिएको थियो। तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी शिव सिंहका अनुसार तुलसीपुरका स्थानीय ३३ जना युवाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ।
घाइते विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट थप उपचारका लागि बाँके पठाइएको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी भान्जाको विहेभोज खाएर घर फर्कँदै थिए।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
