- Loading...
सदरमुकाम बेनीकी महिलामा पनि कोरोना संक्रमण
- पुनहिल डट कम
- ४ साल अघि
- २०३ पटक पढिएको

सदरमुकाम बेनीकी एक ५४ बर्षिया महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
बेनी नगरपालिका, ७ बेनी घर भै हालै उपचारक्रममा बेनीबाट पोखरा स्थित फेवासिटी हस्पिटल पुगेकी यी महिलामा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोही अस्पतालमा उपचार गर्न गएका थप ५ जनामा पनि शनिवार नै कोरोना संक्रमण फेला परेको छ ।
स्वास्थ्य कार्यालय बेनीका प्रमुख एकनारायण लम्सालका अनुसार कोरोना संक्रमण पुष्टी भएकी महिलाको परिवार र कन्ट्याकट्रेसिङमा रहेकाको खोजी भैरहेको छ । हिजो शुक्रवार पनि म्याग्दी देविस्थानकी एक विरामीको पोखराको अस्पतालमै कोरोना पुष्टी भएको थियो । छुट्टै शुक्रवार म्याग्दीमा ७ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । शुक्रवार देविस्थानकी महिला र शनिवार सदरमुकाम बेनीकी महिलामा कोरोना संक्रमण पुष्टी भएसँगै समुदायमा कोरोना पुगेको प्रष्ट भएको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
