- Loading...
सदरमुकाम जोड्ने सवै सडक अवरुद्ध
- पुनहिल डट कम
- ४ साल अघि
- १९९ पटक पढिएको

मंगलवार साँझ देखी लगातार परेको बर्षापछि आएको पहिरोले सदरमुकाम बेनी जोड्ने सवै सडकमा यातायात अवरुद्ध भएको छ । सदरमुकाम जोड्ने मात्र होईन जिल्लाका सवै ग्रामिण सडकहरु पनि बाढीपहिरोले यातायात अवरुद्ध छन ।
बेनीबाट पोखरा समेत राजधानी जोड्ने सडकमा सहस्रधारामा पहिरोले झरेपछि यातायात अवरुद्ध भएको छ । त्यस्तै उत्तर रघुगंगा, अन्नपूर्ण गाउँपालिका समेत मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको जलेश्वर, चमेरे, गुईठे र रुप्से छहरा नजिक सडकमा पहिरो खसेकोले यातायात अवरुद्ध छ । सोही सडकको बेगखोलामा बाढी आएकोले पैदय यात्रु समेत यातायात पूर्ण बन्द भएको छ ।
त्यस्तै सदरमुकामबाट पश्चिम मंगला, मालिका र धौलागिरीहँुदै बाग्लुङ्ग पश्चिम बुर्तिवाङ जोड्ने सडकको तातोपानी नजिक घुमाउने र दरवाङ नजिक पहिरो झरेको तथा बेनी–बाग्लुङ्ग जोड्ने सडक बेनी नगरपालिकाको रानीवन तथा खवरामा पहिरोले सडक बगेकोले यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पछिल्लो १२ घन्टादेखी लगातार बर्षा भैरहेको भएपनि जिल्लाभर मानवीय तथा अन्य भौतिक क्षतिहुने गरी पहिरो गएको जानकारी आएको छैन । सदरमुकाम जोड्ने सवै सडकमा यातायात अवरुद्ध भएकोले कहीं विपद आएमा उद्धार तथा खोजकर्ता पुर्याउन समस्या भएको जिल्ला दैविप्रकोप ब्यवस्थापन समितिले जनाएको छ ।
‘मंगलवारबाट लगातार पानी परिरहेको र अझै केही दिन भारी/अतिभारी वर्षा हुनसक्ने जोखिम क्षेत्रमा म्याग्दी पनि रहेकोले उच्च सतर्क अवस्थामा छौं । स्थानिय तहलाई पनि उच्च सतर्क अवस्थामा रहन समवन्यय गरेका छौं’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने, ‘अहिलेसम्म कुनै विपदका घट्ना आएको छैन । दुभाग्यवस विपद आएमा सदरमुकामबाट सेना, शसस्त्र तथा प्रहरीको टोली तत्काल पुग्न सक्ने अवस्था छैन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
