FLASH NEWS
  • Loading...

गुर्जोप्रति बढ्दो मोहः निःशुल्क वितरण गर्दै युवा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३७ पटक पढिएको
Post Thumbnail

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने काभ्रेपलाञ्चोक र भक्तपुरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई निःशुल्क गुर्जो वितरण गर्न अचेल उनी व्यस्त छन्। यसका लागि उनले अभियान नै चलाएका छन्।

गुर्जोको सेवनले मानिसको रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने काभ्रेपलाञ्चोक र भक्तपुरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई निःशुल्क .वितरण अभियान थालिएको उनले बताए। यहाँका केही युवाको साथ लिएर विगत पाँच दिनदेखि यो अभियान सञ्चालन गरेको सामाजिक अभियन्ता विष्टको भनाइ छ।

“कोरोना भाइरस सङ्क्रमणबाट बच्न गुर्जो प्रमुख जडिबुटी हो भन्ने सुनेपछि अहिले आफूले यसको निशुल्क वितरण गर्नेे अभियान शुरु गरेका छौं, पहिलो चरणमा काभ्रेपलाञ्चोकका सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कोरोना नियन्त्रणमा खट्ने कर्मचारीलाई पु¥याउने लक्ष्य राखेको छु”, उनले भने।

उनका अभियानमा बनेपाका रविन्द्र देउजालगायत युवाले साथ दिएका छन्। आयुर्वेदिक चिकित्सकका अनुसार गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई निकै फाइदा गर्छन्।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा पाँच बोरा गुर्जो वितरण गरेर अभियानको शुरुवात गर्नुभएका विष्टले उक्त गुर्जो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान कार्यालयमा वितरण गर्ने गरी प्रदान गरिएको बताए। उनले बनेपा नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन कक्षमा उपचाररत कोरोना सङ्क्रमितका लागि ५० किलो र साँगा प्रहरी पोष्टमा २५ किलो गुर्जो वितरण गरेकाे बताए।

यस्तै, बनेपास्थित बाल अपाङ्ग अस्पतालमा ६० किलो, जनागालस्थित हङ्सदा योग आश्रममा ५० किलो, नेपाल प्रहरी स्कुल साँगामा ३५ किलो र धुलिखेल नगरपालिकाको कार्यालयमा ४० किलो गुर्जो वितरण गरिएको छ। भक्तपुरको जगाती र दुवाकोट प्रहरी पोष्टमा पनि ४० किलो गुर्जो वितरण गरिएको अभियन्ता विष्टको भनाइ छ।

बनेपा नगरपालिका–२ बाट गुर्जो सङ्कलन गरी वितरण गरिएको अभियानका सदस्य देउजाले बताउनुभयो । “रुखमा बेरिएको लहरालाई निकालेर साना–साना टुक्रा पारेर वितरण गरेका छौँ”, उनले भने। उनका अनुसार काभ्रेपलाञ्चोकस्थित स्थानीय तहका वडा कार्यालयमा समेत वितरण गर्ने योजना छ।

शुरुमा आफ्नो अभियानप्रति ‘खिल्ली’ उडाउनेले नै वितरण अभियान जारी राख्दा अहिले ‘बधाई’ दिन थालेको विष्टले बताए। उनले भने “अहिले गाउँ गाउँबाट त्यहाँका स्थानीवासीले गुर्जो लिन आउन अनुरोध गर्न थालेका छन्, यसबाट आफू निकै उत्साहित भएका छौँ।” उनले वितरण गर्ने मात्र नभइ गुर्जेको उपभोग, फाइदा र यसको खेतीबारे पनि सिकाउँदै आएका छन्।

असन्तुलित खानपान, जीवनशैली लगायतका कारण दिनप्रति दिन रोगीको सङ्ख्या बढ्दै गएका बेला गुर्जोको उपयोगिता बढ्न थालेको छ। समान्य रुघाखोकीदेखि मधुमेह, उच्च रक्तचाप, मुटुलगायत रोगीका लागि गुर्जो सञ्जिवनी बुटी मानिने गरिन्छ। कारोना कहरबाट जोगिन रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जोको उपयोगिता अझै बढेको उहाँको भनाइ छ।

कोभिड–१९ सङ्क्रमण देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जो अहिले धेरैले प्रयोग गर्न थालेका छन् । प्रयोग बढ्न थालेपछि काभ्रेपलाञ्चोमा यसको माग ह्वातै बढेको छ। कसैले दिनमा एक पटक त कसैले साँझ बिहान दुई पटक खाने गरेका छन्। कोरोना भाइरस सङ्क्रमणबाट जोगिन गुर्जो, मरीच, बेसार र अदुवा मिसाएर पकाइएको झोल खाने गरेको स्थानीयवासीको भनाइ छ।

आयुर्वेद चिकित्सकका अनुसार गुर्जो अर्थात् चिनी लहरा सजिलोसँग विस्तार भई सर्ने पराश्रयी लता हो । औषधीय गुणले परिपूर्ण तिक्त र टर्रो हुने गुर्जेाको लहरा मोटो र गुदीदार हुन्छ। यसका आँखालाहरुबाट जरा निस्किएर हावामा लहरिएका हुन्छन् ।सुत्केरी महिलाबाहेक सबैले यसको प्रयोग गर्न सकिने बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल