- Loading...
कोरोना भाइरस: परीक्षणमा रहेको चिनियाँ खोप नेपालमा रहेका चिनियाँ कामदारलाई मात्रै कि नेपालीलाई पनि
- पुनहिल डट कम
- ४ साल अघि
- २६२ पटक पढिएको

कोभिड-१९ विरूद्ध चीनमा तेश्रो चरणको परीक्षणमा रहेको खोपलाई नेपालमा पनि परीक्षणका लागि अनुमति दिने विषयमा छलफल अघि बढिरहेको अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले बताए अनुसार नेपालमा ‘तेश्रो चरणको क्लिनिकल ट्रायल’ को अनुमति दिन माग गरिएको प्रस्तावमा नवलपरासीमा कारखाना रहेको होङ्सी शिवम सिमेन्टमा कार्यरत चिनियाँहरूमा खोप लगाउने भनिएको छ।
एक जना विज्ञले हालसम्म उपचार फेला नपरिसकेको कोभिड-१९ को खोप, उपचार र परीक्षण तीनवटै क्षेत्रमा भइरहेका अनुसन्धानमा नेपालले साझेदारी गर्नुपर्ने र जनस्वास्थ्य मापदण्ड पालना गरेर गराइने त्यस्ता परीक्षणमा नेपाली नागरिकहरूलाई पनि सहभागी गराइनुपर्ने धारणा राखेका छन्।
चिनियाँ खोपको नेपालमा परीक्षण
हालसम्म कोरोनाभाइरसको खोपको परीक्षणमा नेपाल सहभागी भइसकेको छैन। अधिकारीहरूले कोभिड-१९ का बिरामीको उपचारमा प्रयोग हुने गरेको रेम्डेसिभीर नामक औषधिको परीक्षण भने सुरु गर्न लागिएको जनाएका छन्। नेपालकै सबैभन्दा ठूलो भनिएको उक्त सिमेन्ट कारखानामा चीनको होङ्सी समूह अन्तर्गतको हङकङ रेड लायन नम्बर ३ सिमेन्ट कम्पनी लिमिटेडको ७० प्रतिशत र नेपालको शिवम सिमेन्टको ३० प्रतिशत साझेदारी छ।
झण्डै ३६ अर्ब रुपियाँको लगानी रहेको सिमेन्ट कारखानामा लगभग २०० जना चिनियाँहरू कार्यरत रहेको बताइन्छ। नेपाल उद्योग परिसङ्घका अध्यक्ष तथा होङ्सी सिमेन्टका निर्देशक सतीश मोरले उक्त प्रस्ताव अझै छलफलको चरणमा रहेको बताए।
“हामीले तेश्रो चरणको परीक्षणमा रहेका चिनियाँ खोपहरू मगाउन सकिन्छ कि भनेर कोशिश गरेका हौँ। नेपाल र चीन दुवैको सरकारी पक्षले अनुमति दियो भने मात्रै त्यस्तो हुनसक्छ। अहिलेसम्म त्यो विन्दुबाट हामी टाढै छौँ।”
सुरुमा चिनियाँ कामदारमा परीक्षण गरिएपनि पछि अरू नेपालीहरूसम्म पनि उक्त परीक्षण विस्तार गर्न सकिने मोरले बताए। उक्त सिमेन्ट कारखानाले त्यहाँ कार्यरत नेपालीहरूलाई पनि कोभिड-१९ को खोपको परीक्षणमा इच्छा रहे या नरहेको सहितको बेहोराको फाराम भर्न लगाएको थियो।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डाक्टर प्रदीप ज्ञवालीले भने, “कोभिड-१९ विरूद्धको खोपको तेश्रो चरणको परीक्षणका लागि चिनियाँ समूह नेपालमा आउन इच्छुक रहेको छ। यसबारेमा कागजी प्रक्रिया अघि बढाउन सकिन्छ भनेर मैले भनेको छु।”
उनले थपे, “उक्त खोपको परीक्षण नेपालमा काम गरिरहेकालाई चिनियाँहरूलाई मात्रै नभइ अरूलाई पनि गर्न सकिन्छ भन्ने इच्छा हामीले राखिरहेका छौँ।” source-bbc.com/nepali

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
