FLASH NEWS
  • Loading...

आज ७०७ संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुग्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २४९ पटक पढिएको
आज ७०७ संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुग्यो

नेपालमा विहीबार थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।

नयाँ थपिएका संक्रमित मध्ये १९२ जना महिला र ५१५जना पुरुष रहेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । ११ हजार ५५५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लहरुमा उदयपुरका ४ जना , झापाका एकजना, तेह्रथुमका ९ जना, धनकुटाका एकजना, मोरङका ९ जना र सुनसरीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश नम्बर २ का जिल्लाहरुमा धनुषाका ३१ जना, पर्साका ५५ जना, बाराका ८ जना, महोत्तरीका १५ जना, रौतहटका ६ जना, सप्तरीका १९ जना, सर्लाहीका ९३ जना र सिराहाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डा गौतमका अनुसार बागमती प्रदेशमा काठमाडौंका १७४ जना, काभ्रेका एकजना, चितवनका एकजना, दोलखाका २ जना, धादिङका २ जना, नुवाकोटका ३ जना, भक्तपुरका ८ जना, मकवानपुरका २५ जना, ललितपुरका १८ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १९ जना, गोरखाका एकजना, तनहुँका २ जना, नवलपरासी पूर्वका ३ जना, बाग्लुङका ८ जना, स्याङ्जाका एकजना, कपिलवस्तुका ३० जना, गुल्मीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नम्बर ५ मा दाङका ४ जना, प्युठानका एकजना, बर्दियाका २ जना, बाँकेका १६ जना, रुपन्देहीका १८ जना र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका एकजना, जाजरकोटका एकजना, दैलेखका १९ जना, रुकुम पश्चिमका एकजना, सल्यानका एकजना र सुर्खेतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा अछामका ३१ जना, कैलालीका एकजना, डडेल्धुराका २ जना, डोटीका १६ जना, दार्चुलाका एकजना, बझाङका एकजना र बैतडीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २६४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १७ हजार ९६४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७०० थियो ।

मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२० पुगेको थियो । आज थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२६ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल