FLASH NEWS
  • Loading...

ओझेलमा परे देविस्थानका पहिरो पीडितहरु

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९४ पटक पढिएको
ओझेलमा परे देविस्थानका पहिरो पीडितहरु

तस्वीर : भक घर्ती, सूर्यमुखी युवा क्लव, देविस्थान ।

असार २७ गते विहान धौलागिरी र मालिका गाउँपालिका क्षेत्रमा भारी वर्षाहुँदा मराङ, विम समेतका वस्तीमा बाढीपहिरो गयो । धेरै जनधनको क्षति भयो ।
सोही दिनको भिषण वर्षाबाट मालिका गाउँपालिका, ५ देविस्थानका खारवाङ, पन्थोक, जुग्जा समेत बस्तीमा पनि धेरै क्षति पुर्‍यायो । विम, मराङमा जस्तो मानवीय क्षति नभएपनि दुर्गा फगामीको घरखेत पुरै बग्यो । अरु धेरै घरमा वस्नै नमिल्नेगरी क्षति पुर्‍याएपछि कम्तीमा २० घरका एक सय जना विस्थापित छन । देविस्थाको पहिरो स्थल सुन्तला जोन क्षेत्र पनि हो ।
पहिरोले दाङखोलामा रहेको देविस्थान–ताकम जोड्ने पुल बगाउनुको साथै २० किलोवाटको मगरदाङ लघुजलविधुत आयोजना पुरिएको स्थानिय सूर्यमुखी युवा क्लवले जनाएको छ । तर स्थानीय, प्रदेश र संघिय सरकारको मात्र होईन, पत्रकारले पनि आफ्नो पीडा नदेखेको भन्दै स्थानीयले गुनासो गरेका छन ।
‘देविस्थानबासी पहिरोपीडितको पीडालाई कसैले वास्ता गरेनन । सवैले भोट मात्र मागे तर विपतमा राहत दिने परको कुरा कसैले सहानुभुति समेत दिएनन’
स्थानिय सूर्यमुखी युवा क्लवका अध्यक्ष भक घर्तीले सामाजिक संञ्चाल फेसवुकमा गुनोास पोखेका छन, ‘अरुले त पहुँच भएको क्षेत्रमा हेरे, पत्रकारले पनि हाम्रा समाचार लेखेनन् ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल