FLASH NEWS
  • Loading...

पहिरोग्रस्त विम, मराङ र ताकममा सञ्चार पनि विच्छेद, प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट राहत पठाईदै

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३७ पटक पढिएको
पहिरोग्रस्त विम, मराङ र ताकममा सञ्चार पनि विच्छेद, प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट राहत पठाईदै

तस्वीर : नारायण जिसीको फेसवुकबाट

बाढीपहिरोले स्थलमार्गबाट विच्छेद धौलागिरी र मालिका गाउँपाकिलाका पहिरो प्रभावित क्षेत्र संञ्चार विच्छेद भएको छ ।
पहिरो प्रभावित क्षेत्रमा विधुत आपूर्ति बन्द भएको र लगातारको खराव मौषमले सोलार ब्याट्री पनि चार्ज नहुँदा टेलिकमका रिपिटर स्टेसनमा पावर ब्याकअप नहुँदा सञ्चार सम्पर्क टुटेको हो ।
मालिकाको रुन्मा, धौलागिरीको ताकम र मुना स्थित रिपिटर स्टेसनमा विधुत आपूर्ति बन्द भएको र घाम नलागेकोले सोलार सिस्टमले समेत काम नगर्दा संञ्चार सेवा अवरुद्ध भएको टेलिकम बेनी कार्यालयले जनाएको छ ।
‘गत शुक्रवारदेखी नै पश्चिम क्षेत्रका हाम्रा रिपिटर स्टेसनमा विधुत आपूर्ति अवरुद्ध छ । ब्याकअप पावरले काम गऱ्यो तर बादल लागेकोले सोलार ब्याट्री पनि चार्ज हुन नपाएकोले संञ्चार विच्छेद भएको हो’ टेलिकम बेनीका प्रमुख विष्णुदेव साहले भने, ‘घाम राम्रो लाग्यो भने सोलार चार्ज भै केही समय चल्छ पनि तर मोवाईल टावरलाई बढी विधुत चाहिने भएकोले लामोसमय थेग्न सक्दैन, वन्द हुन्छ ।’
बेनी देखी पश्चिम दरवाङहुँदै विम, ताकम, मुना क्षेत्रमा वितरित केन्द्रीय विधुत प्रसारण लाईनमा समस्या आएपछि शुक्रवारदेखी पश्चिम म्याग्दीका मंगला, मालिका र धौलागिरी गाउँपालिका भरी विधु्त र सञ्चार अवरुद्ध छ ।
गत शुक्रवारको भिषण बर्षापछि प्रसारण लाईनमा क्षति पुग्दा मंगलादेखी माथिल्लो भेगमा विधुत आपूर्ति अवरुद्ध छ । मंगलवार मंगला गाउँपालिकासम्मको लाईन क्लीयर भै विधुत सप्लाई भएको र माथिल्लो क्षेत्रमा फल्ट खोज्ने काम भैरहेको विधुत प्राधिकरण वेनी सेवा केन्द्रले जनाएको छ ।
पहिरोको मुख्य प्रभावित क्षेत्र मराङको राम्चे समेत आपतकालिन सिविरहरुमा खाद्यान्न समेतका सामाग्री सकिन थालेको गुनासोपछि मंगलवार हेलिकोप्टरबाट खाद्यान्न पुर्‍याईएको छ ।
सवैकालागी हेलिकोप्टरबाट राहत सामाग्री ढुवानी गर्न सहज नभएपछि नेपाली काँग्रेसले वैकल्पिक मार्ग प्रयोगगरी ट्याक्टर र खच्चडबाट राहत पठाउन लागेको जानकारी गराएको छ ।
काँग्रेसका भरत रकालका अनुसार पहिरो प्रभावित क्षेत्रमा स्थलमार्ग अवरुद्ध भएपछि बेनीबाट राहत सामाग्री ट्याक्टरमा रघुगंगा गापाको पाखापानी पुर्‍याई त्यहाँबाट खच्चडबाट भेडीखाल्टा, मल्कवाङ, मलम्पारहुँदै दुई दिनको बाट मराङ तर्फ राहत पठाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल