- Loading...
गुणस्तरहीन औषधिजन्य सामग्रीको तस्करीले स्वास्थ्य जोखिम बढ्यो : राष्ट्रसंघ
- पुनहिल डट कम
- ५ साल अघि
- १८४ पटक पढिएको

कमसल खालका मास्क, स्यानिटाइजर र मेडिकल सामग्रीको तस्करीका कारण मानिसहरुको स्वास्थ्य अवस्था जोखिममा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । कोरोना महामारीका बीच संगठित आपराधिक गिरोहहरु यस्ता सामग्रीको माग र आपूर्तिबीचमा रहेको अन्तरमा खेलिरहेको संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराध कार्यालय(यूएनओडीसी)ले जनाएको छ ।
कोरोनाविरुद्धको खोप तयार भएलगत्त उक्त गिरोह त्यसैको तस्करीमा सक्रिय हुने खतरा रहेको पनि यूएनओडीसीले चेतावनी दिएको छ । साथै यसबीचमा भ्रष्टाचार, ठगी तथा महत्वपूर्ण तथा संवेदनशील संरचनामा साइबर आक्रमण हुनसक्ने भन्दै यूएनओडीसीले सतर्कता अपनाउन आग्रह गरेको छ ।
‘कोभिड–१९ को महामारीलाई तस्करहरुले पैसा कमाउने अवसरका रुपमा लिएका कारण जनस्वास्थ्य र मानिसकै जीवनमा यसले ठूलो चुनौती थपेको छ,’ यूएनओडीसीकी कार्यकारी निर्देशक घादा वालीले विज्ञप्तिमा भनेकी छिन् । संक्रमणकालीन अवस्था र राज्यहरुको फितलो अनुगमनका कारण आपराधिक समूहहरु मेडिकल सामग्रीको तस्करी र गुणस्तरहीन सामग्रीको ओसारपसारमा सक्रिय भएको पनि उनले बताइन् ।
इन्टरपोलको समन्यवमा भएको अपरेसनमा विश्वभरबाट १२१ जनाभन्दालाई गुणस्तरहीन मास्क र मेडिकल सामग्री तस्करी गरेको आरोपमा पक्राउ गरिएको एएफपीले जनाएको छ । त्यसमा करिब एक अर्ब ६७ करोड रुपैयाँ बराबरको औषधिजन्य सामग्री रहेको एउटा रिपोर्टले उल्लेख गरेको छ । सन् २०१८ को यही अवधिमा भन्दा यस वर्ष १८ प्रतिशतले औषधिजन्य सामग्रीको तस्करी बढेको इन्टरपोलले उल्लेख गरेको छ ।यूएनओडीसीले अन्तर्राष्ट्रिय सहकार्य तथा कानुनी कारबाहीमा कडाइ गरेर कोरोना महामारीका बीचमा भइरहेको गुणस्तरहीन औषधिजन्य सामग्रीको तस्करीलाई रोक्नुपर्ने बताएको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
