FLASH NEWS
  • Loading...

आफू निकट स्थायी कमिटी सदस्यहरुसँग प्रधानमन्त्रीको परामर्श, मन्त्रिपरिषद हेरफेरकाे संकेत

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १९१ पटक पढिएको
आफू निकट स्थायी कमिटी सदस्यहरुसँग प्रधानमन्त्रीको परामर्श, मन्त्रिपरिषद हेरफेरकाे संकेत

सत्तारुढ दल नेकपाको जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि प्रधानमन्त्री ओली आफू निकटका स्थायी कमिटी सदस्यसँग परामर्शमा जुटेका छन्।

प्रधानमन्त्री ओलीले अहिले आफू निकट स्थायी कमिटी सदस्यसँग बालुवाटारमा परामर्श गरिरहेका छन्। आफू निकट स्थायी कमिटीसमेत रहेका मन्त्री तथा स्थायी कमिटी सदस्यहरुसँग बालुवाटारमा परामर्श गरिरहेका छन्।

मंगलबारको स्थायी कमिटी बैठकमा बोल्ने १७ जना सदस्यले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि प्रधानमन्त्री ओलीले आफू निकट स्थायी कमिटी सदस्यलाई बालुवाटार बोलाएर परार्मश गरेका हुन्।

‘सबै मन्त्रीलाई बालुवाटार बोलइएको होइन, आफू निकट स्थायी कमिटी सदस्य रहेका मन्त्रीलाई परामर्शका लागि बोलाइएको हो,’ स्रोतले भन्यो। पछिल्लो समय नेकपाभित्र प्रधानमन्त्री ओलीबाट सरकार र पार्टी दुवै संचालन हुन नसक्ने भन्दै राजीनमा दिनुपर्ने माग उठ्न थालेको छ।

मंगलबार बसेको स्थायी कमिटी बैठकका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन भनेका थिए। त्यसपछि बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्रीको राजीनमा भाग गरेपछि प्रधानमन्त्री ओलीले आफू निकट स्थायी कमिटी सदस्यसँग परार्मश गरेका हुन्।

स्रोतका अनुसार प्रधानमन्त्रीले दुई वर्ष अगाडि नियुक्त भएका मन्त्री हेरफेर गर्ने विषयमा समेत छलफल गरिरहेका छन्। प्रधानमन्त्री ओलीले दुई वर्ष पहिला नियुक्त भएका मन्त्रीलाई हटाएर उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याउने तयारी गरेको र सो विषयमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल