FLASH NEWS
  • Loading...

रघुगंगा गाउँपालिकाको टोल–टोलमा सिकाई निरन्तरताको प्रयास

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २९५ पटक पढिएको
रघुगंगा गाउँपालिकाको टोल–टोलमा सिकाई निरन्तरताको प्रयास

लामो समयदेखी विद्यालय बन्द हुँदा विद्यार्थीले सिकाई विर्सने जोखिम भएपछि यहाँको एक गाउँपालिकाले विद्यालयको सेवा क्षेत्रलाई टोलमा बाँडेर बालबालिकाको शिकाई निरन्तरता दिन थालेका छन ।
रघुगंगा गाउँपालिकाले मातहतका सवै १० माध्यामिक, २४ आधारभुत विद्यालय र २ वटा वालविकास केन्द्रको सेवा क्षेत्रलाई टोल–टोलमा बाँडेर टोलमा रहेका विद्यार्थीलाई ब्यक्तिका घरमा जम्मा गरी सिकाई निरन्तरता दिईएको छ । सिकाई निरन्तरताकालागी हरेक विद्यार्थीको हात–हातमा नयाँ पाठ्यपुस्तक पुऱ्याईएको छ ।
‘यो औपचारिक कक्षा होईन । हरेक दिन एउटा विषयको शिक्षक एउटा टोलमा पुग्छ । टोलमा रहेका सवै कक्षाका विद्यार्थी बढीमा २० जनासम्म जम्मा हुन्छन । शिक्षकले बालबालिकालई पढ्न लगाउने, होमवर्क दिने र पढ्ने वानी विर्सन नदिन यसो गरिएको हो’ रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भने, ‘९० प्रतिशतबढी शिक्षक स्थानीय भएकोले परिचालन गर्न सजिलो भएको छ । हाम्रा वस्ती पातलो छ, विद्यालयमा विद्यार्थी संख्या पनि थोरै छन । त्यसैले वस्तीमा अलि ठूलो आगन भएको घरमा जम्मा गरी सिकाई निरन्तरता दिने प्रयास थालेका हौं ।’
ग्रामिण तहका सामुदायीक विद्यालयको सेवा क्षेत्र सानो हुन्छ । एउटा वस्तीका विद्यार्थीहरु मात्र सो विद्यालयको सेवा क्षेत्र हुने भएकोले वस्तीलाई पनि टोल–टोलमा बाँडेर शिक्षक नै उपस्थित भै वालबालिकाको शिकाई निरन्तरता दिन सजिलो भएको हो ।
कोरना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारकालागी चैत ११ देखी सुरु गरिएको लकडाउन खुकुलो पारिएपनि विद्यालय खुल्ने समय अझै अनिश्चित छ । सहरमा विधुतिय कक्षाको चर्चा भएपनि ग्रामिण भेगमा विधुतिय शिक्षण असंभव नै छ ।
‘विद्यार्थीले पढ्ने वानी विर्सेलान भन्ने डर हामीलाई छ । त्यसैले पछिल्लो १५–२० दिनेखी टोल–टोल पुगेर सिकाई निरन्तरता दिएका छौं । गाउँपालिकालाई पनि हामी शिक्षकले नै यो उपाय सुझाएका हौं’ रघुगंगा माध्यामिक विद्यालय पिप्लेका प्रध्यानअध्यापक रमेश सिं ठकुरीले भने, ‘तर केही टोलका सिकाई केन्द्रमा समस्या देखिएको छ । खासगरी भारतबाट फर्केरु क्वारेन्टाईन बसी घर आएका परिवारका बालबालिकासँग अरु बालबालिका घुलमिल हुन आनाकानी गर्न थालेका छन ।’

फोटो : धिरेन खत्री

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल