FLASH NEWS
  • Loading...

कोरोनाको केन्द्र बाँकेको जिम्मेवारी कुरुम्वाङलाई

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २५३ पटक पढिएको
कोरोनाको केन्द्र बाँकेको जिम्मेवारी कुरुम्वाङलाई

कोरोना भाइरस संक्रमणको केन्द्र बनेको प्रदेश ५ को बाँकेमा सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको हो।
बाँकेमा कोरोना संक्रमण तीब्र हुनुमा प्रशासनको फितलो भूमिका जिम्मेवार रहेको आरोप लागिरहेका बेला गृहले रामबहादुर कुरुम्वाङलाई पठाउने निर्णय आज गरेको छ। कुरुम्वाङ हाल स्याङ्जाको सीडीओको रूपमा कार्यरत थिए।

स्याङ्जाअघि उनी बाँकेको छिमेकी जिल्ला बर्दियाको सीडीओ  थिए।म्याग्दीका पूर्व प्रमुख जिल्ला अधिकारी रहेका रामबहादुर कुरुम्बाङ्गले सम्हालेका सवै जिल्लामा उत्कृष्ट कार्यसम्पादन गरेका थिए । हाल कार्यरत स्याङ्जामा समेत कोरना भाईरस संक्रमण नियन्त्रण तथा रोकथाममा उत्कृष्ट जिम्मेवारी सम्हालेका कुरुम्बाङ्गलाई विश्वासगरी बाँकेमा पठाइएको हो ।
सीडीओको रूपमा उनले अरु थुप्रै जिल्लाको नेतृत्व गरिसकेका छन्। गृह प्रशासनमा सरुवा हुनुअघि पनि उनले बाँकेमा बसेर काम गरेका थिए। बाँकेमा संक्रमण तीब्र हुनुमा प्रशासनको फितलो भूमिका जिम्मेवार रहेको आरोप लागिरहेका बेला गृहले सीडीओ फेरबदल गरेको हो।
बाँकेमा मात्र अहिलेसम्म १४६ जना कोरोना संक्रमित भेटिएका छन्। यसमा एकजनाकाे मृत्यु भइसकेको छ। बाँकेसँगै आज सप्तरी, पर्वत र जुम्लाका सीडीओ पनि फेरिएका छन्।
सप्तरीमा शंकरहरि आचार्य, पर्वतमा शम्भुप्रसाद रेग्मी, जुम्लामा भूपेन्द्र रानाको सरुवा गरिएको छ। पर्वतका सीडीओ कल्पना घिमिरे नेपाललाई चितवनको सहायक सीडीओ बनाएर पठाइएको छ। जुम्लाका दुर्गा बन्जाडेलाई पाल्पाको सहायक सीडीओ बनाएर पठाइएको छ भने सप्तरीमा रहेका सुनिल खनाललाई अध्यागमन विभागमा सरुवा गरिएको छ।
स्याङ्जामा भने कसैलाई पठाइएको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

    हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र