- Loading...
बागलुङमा कोरोना आशंकामा एक वृद्ध महिला आइसोलेसनमा
- पुनहिल डट कम
- ५ साल अघि
- ३९० पटक पढिएको

चैतमा दुई कोरोना संक्रमित देखिएको बागलुङमा फेरी अर्का एक महिलामा कोरोनाको आशंकामा आईसोलेसनमा राखिएको छ । धौलागिरी अंचल अस्पताल बागलुङका अनुसार, गल्कोट नगरपालिका–६ चरौदीकी ६५ बर्षिया महिलालाई कोरोनाको शंकास्पद लक्षण देखिएपछि आईसोलेसनमा राखिएको हो । उनको थ्रोट स्वाब संकलन गरि परीक्षणका लागि पोखरा पठाईएको अस्पतालका प्रमुख डा. शैलेन्द्र वि पोखरेलले जानकारी दिए ।
डा. पोखरेलले उच्च ज्वरो र खोकी रहेका कारण उनलाई आईसोलेसनमा राखेर उपचार थालेको बताए । गलकोटकै स्वास्थ्य संस्थामा सामान्य उपचारपछि बागलुङ आएकी ति महिलामा देखिएका लक्षण कोरोनासँग मिल्दाजुल्दा रहेको अस्पतालले जनाएको छ । मुटुको समेत समस्या रहेकी उनलाई उच्च निगरानीमा राखेर उपचार भैरहेको छ ।
विहिवार साँझसम्म उनी लगायत बागलुङबाट पठाईएका १४ जनाको थ्रोट स्वावको नतिजा आउने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । पर्सामा संक्रमित भेटिएका मजदुरहरु बोकेर गएको बसका चालक तथा सहचालक, सम्पर्कमा आएका व्यक्ति, भारतको नयाँ दिल्लीबाट आएका दुई जना लगायत मंगलबार र बुधबार संकलन गरिएका १४ वटै स्वाब बिहिबारमात्रै पोखरा पठाईएको छ ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
