FLASH NEWS
  • Loading...

त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण, न्यूरो वार्ड सिल गरियो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १६८ पटक पढिएको
त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण, न्यूरो वार्ड सिल गरियो

महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पतालको न्यूरो बार्ड आज बिहान सिल गरिएको छ।

न्यूरो सर्जरी वार्डमा भर्ना भएकी कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भएको पुष्‍टि भएपछि उक्त वार्ड सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ।

त्रिवि शिक्षण अस्पतालका छाति रोग विशेषज्ञ डा. सन्तकुमार दासले बालिकामा कोरोना संक्रमण भएको पुष्टि गरे।

३० वैशाख भर्ना भएकी उनको स्वास्थ्य अवस्था सामान्य रहेको डा. दासले जानकारी दिए।

कपिलवस्तु वाणगंगा नगरपालिका-४ ठाकुरापुर गाउँ घर भएकी ती बालिकालाई श्‍वासनलीमा मासु पलाएपछि शल्यक्रियाका लागि काठमाडौं ल्याइएको थियो।

“अन्त अप्रेसन गराउन सम्भव हुँदैन। ३-४ दिनअघि यहाँ ल्याएर भर्ना गरिएको थियो,” अस्पताल प्रशासन स्रोतले भन्यो, “नाक, कान र घाँटीका बिरामी राख्‍ने भवनमा कोरानाका बिरामीको उपचारका लागि छुट्याइएकाले न्यूरो वार्डमा भर्ना गरिएको थियो।”

न्युरो सर्जरी वार्ड पूर्ण रूपमा सिल गरिएको छ। त्यहाँबाट मानिसलाई बाहिर भित्र जान दिइएको छैन। अहिले उक्त वार्डमा रहेका चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र अन्यको सबैको परीक्षण गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ। ट्राभल हिस्ट्रीका बारेमा नबुझी तथा अस्पतालमा भर्ना गर्नुअघि कुनै जाँच नगरी सोझै भर्ना गरिएकाले जोखिम देखिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल