Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

सामाजिक सञ्जालमा महिलामाथि डरलाग्दो यौन उत्पीडन

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २२८ पटक पढिएको
सामाजिक सञ्जालमा महिलामाथि डरलाग्दो यौन उत्पीडन

सामाजिक सञ्जालका गोप्य ग्रुप च्याटहरूमा केटाहरू के गफ गर्छन् होला ? अझ विपरीत लिंगीबारे उनीहरूले गर्ने ‘गफ’ कस्तो हुन्छ होला ?

कलाकार निर्भाना भण्डारी आफ्नोबारे गरिएका गफ र टिप्पणी देखेपछि छक्क मात्र परिनन्, अपमानित र असुरक्षित महसुस पनि गरिन्। सामाजिक सञ्जाल ‘रेड्डिट’ मा बनाइएका दुईवटा प्राइभेट ग्रुपमा आफूबारे अनेकौं अश्लील टिप्पणी गरिएको पाइन् उनले।

“रेड्डिटको एउटा समूहमा कसैले मेरो फोटो देखेपछि मलाई बतायो। अनि मैले हेर्दा त्यहाँ थुप्रै महिलाका फोटो र भिडिओ चोरिएको पाएँ। हामीले इन्स्टाग्राममा राखेका फोटो चोरेर उनीहरूले विभिन्न अश्लील टिप्पणी गर्दै अनेकौं पेजमा सेयर गरेका थिए। मैले मेरा थुप्रै भिडिओ र फोटोहरू त्यसरी प्रयोग गरिएको पाएँ”, निर्भानाले बताइन्।

आफूलाई ‘इन्टरनेटको पहिलो पाना’ (फ्रन्ट पेज अफ् इन्टरनेट) दावी गर्ने रेड्डिट मूलतः ग्रुप च्याट गरिने सामाजिक सञ्जाल हो। यसमा १० हजार भन्दा बढी ग्रुप बनाइएको छ जसलाई ‘सबरेड्डिट्स’ भनिन्छ। यस्ता सबरेड्डिट्समध्ये कतिपय बालबालिकालाई यौनदुर्व्यवहार गर्ने र महिलाको सहमतिबेगर फोटो बाँड्ने भएकाले कम्पनीले प्रतिबन्ध लगाइदिएको छ।

जानकारी अनुसार अहिलेसम्म रेड्डिटमा ‘नेपाली बेब्स’ र ‘नेप्लिज बेब्स’ गरी दुईवटा सबरेड्डिट्स छन्। ४५०० जति सदस्य भएका ती सबरेड्डिट्समा महिलाहरूले आफ्नो इन्स्टाग्राम, फेसबुक वा ट्वीटरमा राखेका तस्वीर र भिडिओ सार्वजनिक गर्दै उनीहरूलाई यौन ईच्छा पूर्तिको साधनको रुपमा चिनाइने गरिएको रहेछ। त्यसमा उनीहरूबारे अश्लिल टिप्पणीसमेत हुनेगरेको छ।

निर्भाना भन्छिन्, “उनीहरू महिलालाई अनेकौं लाञ्छना लगाएर प्रस्तुत गर्छन्। महिलाको युजरनेम बाँड्छन्। र, कसरी उनीहरूको नीजि तस्वीर र भिडिओ खोज्ने भन्नेबारे छलफल गर्छन्। उनीहरूले महिलालाई ब्ल्याकमेल गर्छन्। र फोन नम्बर ह्याक गर्छन्।”

त्यसो त २०७६ जेठमा महिला मुक्ति, यौनिकता र पहिचानबारे कला प्रदर्शन गरेदेखि नै निर्भानामाथि यस्ता प्रहार हुन थालेका थिए। तर यसपाली उनले आफूजस्तै थुप्रै महिलामाथि यस्ता दुर्व्यवहार भएको पाइन्। खासगरी सबरेड्डिटमा गरिएको हिंसा सघन थियो।

सामाजिक सञ्जाल रेड्डिट्समा सघन रुपमा यस्तो कर्मको प्रस्तुती देखिए पनि फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा पनि यस्ता कर्म हुने गरेका छन्। पीडितहरूले देखापढीलाई उपलब्ध गराएका स्क्रिनसट अनुसार अन्य सामाजिक सञ्जालमा महिलालाई अश्लीलतापूर्वक प्रस्तुत गर्ने पेज र ग्रुप प्रशस्त छन्।

साईबर कानूनका जानकार अधिवक्ता बाबुराम अर्यालका अनुसार यस्ता कार्यबाट एकैपटक एकभन्दा बढी अपराध हुने गरेका छन्। यस्ता कार्यले व्यक्तिको गोपनीयताको हनन त गरेकै छ, बेइज्जती गर्ने र यौन दुर्व्यवहार गर्ने कामसमेत गरेको उनको भनाई छ।

“आफ्नो फेसबुक, ट्वीटर र इन्स्टाग्रामको पेजमा राख्दैमा कसैको फोटो वा भिडिओ अनुमति बेगर अर्कोले प्रयोग गर्न पाउँदैन। त्यसरी प्रयोग गर्नु गोपनीयताको हनन हुन्छ”, अधिवक्ता अर्याल भन्छन्।

तर खासगरी हुर्कंदो उमेरका युवाहरू किन यस्तो कर्ममा सहभागी छन् त ? त्रिभुवन विश्वविद्यालयकी उप–प्राध्यापक, समाजशास्त्री नीति अर्याल खनाल यसलाई एकभन्दा बढी कोणबाट हेर्नुपर्ने बताउँछिन्।

“हामीले पुरुषहरू कसरी हुर्किरहेका छन् भनेर हेर्नुपर्छ”, उनी भन्छिन्, “हाम्रो समाजमा महिलालाई कि त देवी कि त यौन साधनको रुपमा प्रस्तुत गर्ने गरिन्छ। त्यसको असर हुर्कंदो उमेरका पुरुषहरूलाई परेको छ। त्यसमाथि महिलालाई यौनिक वस्तुको रुपमा प्रस्तुत गर्ने सामर्थ्यलाई पुरुषत्वको रुपमा लिने गरिन्छ। त्यसैले आफ्नो समूहमा पुरुषहरू त्यसरी कुरा गरिरहेका हुन्छन्।”

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल